२०८१ बैशाख २५, मंगलवार
May 7, 2024, Tuesday

पूर्वसभामुख महराकी श्रीमतीको कोरोनाबाट मृत्यु

काठमाडौं- पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । 

स्वासप्रश्वासमा समस्या देखिनुका साथै निमोनिया भएपछि महरा पत्नी सीतालाई  दाङस्थित गोर्खा अस्पतालबाट हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । नर्भिक अस्पतालको भेन्टिलेटरमा उपचारत उनको आज बिहान मृत्यु भएको हाे । 

दसैं मनाउन पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। 

निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो। 

नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको महराका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिए ।  १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार (आज) बिहान ६ः२५ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

सीता महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित थिइन् । 

वि.सं. २०१८ साउन १३ गते रोल्पाको गजुल धौलेगाउँमा जन्मिएकी सीताको २०३५ सालमा कृष्णबहादुर महरासँग विवाह भएको थियो। उनका दुई छोरा र दुई छोरी छन्।

Related News

इडिभी २०२५ को नतिजा सार्वजनिक,  यसरी सकिन्छ हेर्न (भिडियो सहित)
इडिभी २०२५ को नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न (भिडियो सहित)
  • २०७७ कार्तिक १९

अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा सार्वजनिक गरिएको छ...

TOP