२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026, Friday

प्रधानमन्त्री ओलीले आज साँझ ६ बजे देशवासीलाई सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार साँझ ६ बजे बालुवाटारबाट ‘राष्ट्रको नाममा’ सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

‘कोरोनाभाइरस’ (कोभिड–१९) ले विश्वभर महामारीको रुप लिएको स्थितिमा प्रधानमन्त्रीको सम्बोधन हुन लागेको हो ।

कोरोनाभारसको संक्रमणबाट जोगिन नेपालमा पनि विशेष सतर्कता अपनाउन थालिएको छ ।

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले यसअघि नै शैक्षिक संस्था बन्द गर्ने, २५ जनाभन्दा बढी संख्यामा भेला हुन नहुनेलगायतका निर्णय गरिसकेको छ ।

 

Related News

डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
  • २०७६ चैत्र ७

  दिपायल – डोटी जेसीजले दिपायलमा एक दिन निःशुल्क दन्त...

TOP