२०८३ बैशाख ६, आईतवार
April 19, 2026, Sunday

पाल्पामा पहिरो जाँदा एकै परिवारका ५ सहित ६ जना बेपत्ता

पाल्पा- अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोमा पुरिएर पाल्पामा  ६ जना बेपत्ता भएका छन्।  

बिहीबार बिहान रम्भा गाउँपालिका २ फोक्सिङकोटस्थित बेलङ्जाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पुरिदा ६ जना बेपत्ता भएका हुन् । 

बिहान करिब ४ बजेतिर गएको पहिरोमा परेर  हुमबहादुर गाहा, उनकी श्रीमती धनिसरा गाहा, छोरी कृष्णा गाहा, नातिनिहरू आशिका गाहा र खुमिसरा गाहा बेपत्ता भएको प्रहरीले जनाएको छ ।  

घटनास्थलमा अझै प्रहरी पुग्न सकेको छैन् । सदरमुकामभन्दा टाढा र विकट भएकाले सुरक्षाकर्मी पुग्न अझै समय लाग्ने जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष कुमार भट्टराईले जनाकारी दिए। 

उनले नेपाल समयसँग भने- ‘म सहितको टोली घटनास्थलतर्फ जाँदै छौ । अहिले बाटोमा पहिरोका कारण अड्कीएका छौ ।’ उनका अनुसार गाडीबाट उत्रिएर करिब ढेड घण्टा पैदल हिडेपछि बल्ल घटनास्थलमा पुगिन्छ । 

प्रहरी नपुगे पनि स्थानीयले बेपत्ताको खोजी गरिराखेका छन् । 

यस्तै रम्भा गाउँपालिका वडानम्बर २ कै सुरुङडाँडामा पहिरोले घर पुरिँदा एक महिला बेपत्ता भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए । 

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ आश्विन ८

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP