२०८३ श्रावण १२, मंगलवार
July 28, 2026, Tuesday

शुक्रबार थप १,४५४ जनामा कोरोना संक्रमण : संक्रमितको कुल संख्या ५१,९१९ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७०१ जनाको परीक्षण गर्दा १४५४ जनामा संक्रमण पुष्टि भएको हो ।

एकै दिनमा थपिएकाे याे संख्या हालसम्मकै धेरै हाे।

शुक्रबार थपिएकासहित हालसम्म संक्रमित हुनेको संख्या ५१ हजार ९१९ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा जना कोरोनाबाट ९७२ जना निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म कुल निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ।

संक्रमित हुनेमध्ये निको हुनेको दर ७१ प्रतिशत हो। विभिन्न अस्पताल तथा होम आइसोलेसनमा हाल १४ हजार ९२५ सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा मृतक ५ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म मृतक ३२२ जनामा कोरोना पुष्टि भएको छ। यस अवधिमा १० हजार ७०१ जनाको पिसिआर परीक्षण भएको छ।

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०७७ भाद्र २६

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP