२०८३ असार १५, सोमबार
June 29, 2026, Monday

हरिबहादुर र चितुवाकाे भिडन्तमा चितुको मृत्यु

बेंसीशहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँमा आज बिहान मानिससँगको भिडन्तमा एक चितुवा मारिएको छ ।

बिहान ६ बजेतिर गाउँ पसेर बालकमाथि आक्रमण गर्न खोजेपछि ६३ वर्षीय हरिबहादुर थापाले हँसिया प्रहार गर्दा चितुवा मारिएको हो ।

थापा र चितुवाबीच केही बेर घम्साघम्सी नै परेको थियो । भिडन्तमा थापा घाइते भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए। अहिले घाइतेको प्रारम्भिक उपचार लमजुङ सामुदायिक अस्पतालमा भइरहेको बताइएको छ ।

मृत चितुवा डिभिजन वन कार्यालय लमजुङलाई बुझाइएको छ । ‘वन ऐन अनुरुप उहाँहरुले व्यवस्थापन गर्नुहुनेछ’, प्रजिअ शर्माले भने ।रासस

Related News

गृहमन्त्री सुदन गुरुङको छड्के अनुगमनले पर्सा–बाराका सुरक्षा निकायमा तरंग
गृहमन्त्री सुदन गुरुङको छड्के अनुगमनले पर्सा–बाराका सुरक्षा निकायमा तरंग
  • २०७७ भाद्र ७

गृहमन्त्री गुरुङको छड्के अनुगमनले पर्सा–बाराका सुरक्षा निकायमा तरंग सीमा नाकामा...

TOP