२०८३ असार १५, सोमबार
June 29, 2026, Monday

आमाको हत्या गरेको आशंकामा छोरा पक्राऊ

दार्चुलामा आफ्नै आमाको हत्या आशंकामा छोरा पक्राउ परेका छन्। जिल्लाको दुहुँ गाउँपालिका ३ ब्रहम्देवका ८० वर्षीया नारुदेवी बमको हत्या आशंकामा ५३ वर्षीय छोरा नरबहादुर बम पक्राउ परेका हुन। 

घरबाट आमालाई नुहाउन लग्छु भन्दै चौपाती भन्ने ठाउँमा हत्या गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। आमाको घाटी च्यापेर हत्या गरेको आशंका गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी पदमबहादुर विष्टले बताए। ‘छोराको मानसिक सन्तुलन ठिक नभएको जस्तो देखिन्छ। घट्ना लगत्तै ब्रह्मदेव प्रहरी चौकीले बमलाई नियन्त्रणमा लिएको हो’ उनले भने। 

घटना सम्बन्धी छानबिन भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ। 

Related News

सुदूरपश्चिम सरकारले सवारी साधन खरिदमा रु. ३० करोडभन्दा बढी बजेट छुट्यायो
सुदूरपश्चिम सरकारले सवारी साधन खरिदमा रु. ३० करोडभन्दा बढी बजेट छुट्यायो
  • २०७७ श्रावण २२

सुदूरपश्चिम सरकारले सवारी साधन खरिदमा रु. ३० करोडभन्दा बढी बजेट...

TOP