२०७७ मंसिर १९, शुक्रबार
December 4, 2020, Friday

आमाको हत्या गरेको आशंकामा छोरा पक्राऊ

दार्चुलामा आफ्नै आमाको हत्या आशंकामा छोरा पक्राउ परेका छन्। जिल्लाको दुहुँ गाउँपालिका ३ ब्रहम्देवका ८० वर्षीया नारुदेवी बमको हत्या आशंकामा ५३ वर्षीय छोरा नरबहादुर बम पक्राउ परेका हुन। 

घरबाट आमालाई नुहाउन लग्छु भन्दै चौपाती भन्ने ठाउँमा हत्या गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। आमाको घाटी च्यापेर हत्या गरेको आशंका गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी पदमबहादुर विष्टले बताए। ‘छोराको मानसिक सन्तुलन ठिक नभएको जस्तो देखिन्छ। घट्ना लगत्तै ब्रह्मदेव प्रहरी चौकीले बमलाई नियन्त्रणमा लिएको हो’ उनले भने। 

घटना सम्बन्धी छानबिन भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ। 

Related News

डोटीमा मोटरसाइकल दुर्घटना : केआईसिंह गाउँपालिकाका दुई जना गम्भिर घाइते
डोटीमा मोटरसाइकल दुर्घटना : केआईसिंह गाउँपालिकाका दुई जना गम्भिर घाइते
  • २०७७ श्रावण २२

डोटी- डोटीमा मोटरसाइकल र मालबाहक गाडी एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । दिपायल आइरहेको मोटरसाइकल र अछामबाट कैलाली...

सरकार विरुद्ध डोटीमा पनि प्रदर्शन
सरकार विरुद्ध डोटीमा पनि प्रदर्शन
  • २०७७ श्रावण २२

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उद्घाटन गर्न जाँदा गरिएको व्यवहारविरुद्ध डोटीमा बिहिबार पनि प्रदर्शन गरिएको छ । नेपाली...

शक्ति प्रदर्शनसहित नेता पौडेलले गरे पुल उद्घाटन
शक्ति प्रदर्शनसहित नेता पौडेलले गरे पुल उद्घाटन
  • २०७७ श्रावण २२

काठमाडौं : नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल उद्घाटन गरेका छन्।पौडेलले बिहीबार कांग्रेसका हजारौँ कार्यकर्तासहित...

TOP