२०८३ श्रावण १०, आईतवार
July 26, 2026, Sunday

सरिता गिरीलाई २५ वर्ष जेल हाल्न माग गर्दै जाहेरी दर्ता

काठमाडौँ- समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै किटानी जाहेरी दर्ता भएको छ।

गिरीले संविधान संशोधन विधेयकको विरोधका क्रममा नेपालको सार्वभामैसक्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताका विरुद्ध अभिव्यक्ति दिएको भन्दै शुक्रबार महानगरीय प्रहरी परिसर टेकुमा राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन माग गर्दै जाहेरी परेको हो।

सांसद गिरी जेठ ३१ गते संसद भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा पाकिस्तानबाट बंगालदेश बने जस्तै नेपाल पनि टुक्रने र निशान छाप संशोधन विधेयककको समर्थन गर्नु आत्महत्या गर्नु सरह भएको अभिव्यक्ति दिएकी थिइन्।

अधिवक्ता सन्तोष भण्डारी, सुजन नेपालसहित तीन जनाले दर्ता गराएको जाहेरीमा उक्त अभिव्यक्ति नेपालको सार्वभौमसक्ता, भौगोलिक अखण्डता विपरीत भएको र त्यस्ता अभिव्यक्ति दिन संविधानले नै निषेध गरेकाले उनलाई तत्काल पक्राउ गरी राज्य विरुद्धको अपराजमा मुद्दा चलाउन माग गरिएको छ।

गिरीलाई मुलुकी अपराध संहिता २०७४ को दफा ४९ (५) क अनुसार जन्म कैद अर्थातु २५ वर्षसम्म सजाय गर्न किटानी जाहेरीमा माग गरिएको छ।

सांसद गिरीले पार्टीको निर्देशन विपरीत निशान छाप संशोधन विधेयकलाई नै खारेज गर्नुपर्ने संशोधन दर्ता गराएकी थिइन्। उनको संशोधनलाई सभामुख अग्नि सापकोटाले अस्वीकार गरिरिदएका थिए।

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०७७ असार ६

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP