धनगढी – सुदूरपश्चिमको कैलाली जिल्लाका विभिन्न स्थानबाट भारतबाट भन्सार छलि गरी ल्याइएका रु. ८४ हजार ६२४ बराबरका अवैध सामान प्रहरीले बरामद गरेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार शुक्रबार धनगढी उपमहानगरपालिका–१८ थापाघाट र भजनी नगरपालिका–७ हिक्मतपुर क्षेत्रबाट अन्दाजी रु. ८४ हजार ६२४ मूल्य बराबरका सुर्ती, विषादी, प्लास्टिक झिल्ली लगायतका सामान बेवारिसे अवस्थामा फेला पारिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका प्रहरी टोलीले नियमित गस्ती तथा निगरानीका क्रममा उक्त सामान बरामद गरेको जनाएको छ।
बरामद गरिएका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
सीमावर्ती क्षेत्रमा भन्सार छलिका सामानको अवैध ओसारपसार नियन्त्रण गर्न प्रहरीले निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाउँदै आएको जनाएको छ।
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...