दिपायल – शिखर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । शुक्रबार स्वाथ्य शाखाले औपचारिक कार्यक्रमको आयोजना गर्दै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।
नगरपालिकाका १६ महिना देखि ५९ महिनासम्मका सबै बालबालिकाहरुले १५ महिनाको उमेर भित्र पूर्ण खोप लगाएको सुनिश्चित गरिएसँगै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको स्वाथ्य शाखा प्रमुख हरिशचन्द्र शाहले बताए ।
पूर्ण खोप सुनिश्चितका लागि पालिकाले दुई महिने घरदैलो अभियान नै सञ्चालन गरेको थियो । यस वर्ष नगरपालिकामा रहेका जन्मे देखि १५ महिना सम्मका ३७२ र १६ देखि ५ वर्ष मुनिका १३ सय ७५ जना बालबालिकालाई खोप लगाइएको शाहले बताए ।
नगरपालिकाले खोप अभियानलाई प्रभावकारी बनाउन खोज र खोप रणनीति अन्तर्गत विद्यालय भर्ना गर्दा खोप कार्ड अनिवार्य गरेको थियो । खोप कार्ड नभएका बालबालिकाहरुको पहिचान गरी खोपमा सामेल गरेको थियो।
कार्यक्रमका प्रमुख अतिथि एवं शिखर नगरपालिकाका प्रमुख दीर्घ बहादुर बलायरले स्वास्थ्यकर्मीहरुको सक्रियताले स्वाथ्य सम्बन्धीका कार्यक्रम तथा अभियानहरू सफल हुँदै गएकोमा धन्यवाद ज्ञापन गरे । उनले स्वास्थ्यकर्मीहरुलाई भगवानको संज्ञा दिँदै शिखर सरकारले प्राथमिकतामा राखेको स्वाथ्य क्षेत्रलाई उपलब्धि मुलक बनाउने गरी काम गरेकोमा आभार प्रकट गरे।
नगर प्रमुख बलायरले नगर अस्पताल सञ्चालनको तयारी अन्तिम चरणमा रहेको बताए । नगर अस्पताल सञ्चालनका लागि पालिकाले स्रोत सुनिश्चित गरेकोले छिट्टै जनताहरुले आफ्नै पालिकाको अस्पतालबाट सेवा पाउने दाबी गरे । जनशक्तिका लागि प्रदेश सरकारसँग कुरा भइसकेको छ, “नगर प्रमुख बलायरले भने,” अन्य आवश्यक लगानी कति चाहिन्छ त्यो नगरपालिकाले गर्छ । जनताले स्वाथ्य उपचारमा झेल्नु परेको समस्या छिट्टै समाधान हुन्छ।”
नगर उपप्रमुख सुनिता रावल जोराले नगर सरकारले आफ्नो कार्यकालमा स्वाथ्य र शिक्षालाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् । नगर सरकारको लक्ष र प्राथमिकतालाई सफल बनाउन मेहनत गर्ने कर्मचारीहरुमा उनले धन्यवाद ज्ञापन गरिन् ।
कार्यक्रममा खोप अभियानमा खटिएका स्वास्थ्यकर्मीहरुलाई प्रमाणपत्र, दोसक्लासहित सम्मान गरिएको थियो ।
दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...