२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

न्याय सम्पादनमा वृद्धि : सुदूरपश्चिममा ६५९४ मुद्दा फर्छ्यौट, कुन जिल्लामा कति ?

दिपायल- सुदूरपश्चिमका उच्च तथा जिल्ला अदालतको कार्यसम्पादन प्रगतिमा वृद्धि भएको छ । विगतका आर्थिक वर्ष भन्दा २०८०/०८१ मा बढी मुद्दा फर्छ्यौट गरिएको हो । लामो अवधिका मुद्दाहरुमा पनि कमी आएको छ ।

उच्च अदालत दिपायलले विगतका १० वर्ष भन्दा बढी मुद्दाहरु फर्छ्यौट गरेको छ । २०८१ अषाढ मसान्तसम्म उच्च अदालत दिपायलले ९०.४४ प्रतिशत मुद्दा फर्छ्यौट गरेको हो । सो अवधिमा ७ सय थान नयाँ मुद्दा दर्ता भएका थिए भने ३ सय ३६ थान मुद्दा जिम्मेवारी सरेका थिए । जम्मा एक हजार ३६ थान मुद्दामध्य ९ सय ३७ थान मुद्दा फछ्र्यौट गरिएको निमित्त रजिष्ट्रार तारादत्त बडुले बताउनु भयो । उहाँका अनुसार दर्ता भएका र जिम्मेवारी सरेरका मध्य ९९ थान मुद्दा मात्रै बाँकी छन् । जसमध्य ६ महिना अवधि कटेका ९ थान मुद्दा मात्रै बाँकी छन् ।

उच्च अदालत दिपायलबाट आर्थिक वर्ष २०७९/८० मा ७३.२४ प्रतिशत मुद्दा फर्छ्यौट गरिएको थियो । त्यस अघि २०७८/७९ मा ६२.२१ प्रतिशत मुद्दा फर्छ्यौट गरिएको थियो ।

उच्च अदालत तथा मातहतका अदालतमा भर्चुअल विधिबाट बहस हुन थाले पछि कार्यसम्पादनमा सहजता हुँदै गएको उच्च अदालत दिपायलका न्यायाधीश डाल कुमार खड्काले बताउनु भयो । “विगत १० वर्षको तथ्याङ्क हेर्ने हो भने २०८०/०८१ म सबैभन्दा बढी मुद्दा फछ्र्यौट गर्न सफल भएका छौं,“उहाँले भन्नु भयो,“ विगत तीन वर्ष यता भर्चुअल विधिबाट बहस, तारिख, पेशी र बकपत्र हुने गरेको छ । यस वर्ष हामीले त्यसको भरपुर प्रयोग गरेका छौं । मातहतका कारागारमा पनि त्यसको व्यवस्था गरेका छौं । जसले गर्दा कार्यसम्पादनमा सहजता हुनुको साथै मुद्दा फर्छ्यौटमा वृद्धि भएको छ ।”

आर्थिक वर्ष २०८०/०८१ मा श्रव्यदृश्यमार्फत बहस लागि एक हजार एक सय ४० निवेदन परेका थिए । जसमध्य ७ सय २३ थान मुद्दामा सो विधिबाट बहस भएको थियो भने ११ थान बकपत्र लिइएको थियो ।

उच्च अदालत दिपायलले गत आर्थिक वर्षमा ८ सय २९ थान (६९.३१ प्रतिशत) मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएको थियो । अदालतले आफ्नो वार्षिक अनुमानित लक्ष्य भन्दा बढी ९०.४४ प्रतिशत मुद्दा फर्छ्यौट गरेको हो । अदालतले सरल, सामान्य, विशेष गरेर मार्ग समुह अनुसार मुद्दा फर्छ्यौट गर्ने गरेको छ ।

सुदूरपश्चिममा ६ हजार ५ सय ९४ थान मुद्दा फर्छ्यौट

 

आर्थिक वर्ष २०८०÷०८१ मा सुदूरपश्चिम प्रदेश अन्तरगतका अदालतहरुले ६ हजार ५ सय ९४ थान मुद्दा फर्छ्यौट गरेका छन् । ९ वटा जिल्ला अदालतहरुले ४ हजार ९ सय ८२ थान मुद्दा फछ्र्यौटफर्छ्यौट गरेका हुन् भने उच्च अदालत दिपायल र उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले एक हजार ६ सय १२ मुद्दा फर्छ्यौट गरेको हो ।

उच्च अदालत दिपायल महेन्द्रनगर इजलासबाट ७६.०९ प्रतिशत मुद्दा फर्छ्यौट गरिएको छ । इजलासमा परेका ८ सय ८७ थान मुद्दाहरु मध्य ६ सय ७५ थान मुद्दा फर्छ्यौट गरिएको हो ।

जिल्ला अदालतहरु मध्य कैलाली जिल्ला अदालतले २ हजार ९ सय १२ थान मुद्दा फछ्र्यौट गरेको छ । जहाँ ४ हजार एक सय ९३ थान मुद्दा दर्ता भएका थिए । कैलाली जिल्ला अदालतले ६९.४५ प्रतिशत मुद्दा फर्छ्यौट गरेको हो । कञ्चनपुर जिल्ला अदालतले ५३.०४ थान मुद्दा फर्छ्यौट गरेको छ । त्यहाँ दर्ता भएका २ हजार २ सय २९ थान मुद्दा मध्य एक हजार २ सय थान मुद्दा फर्छ्यौट गरिएको हो ।

त्यस्तै डोटी जिल्ला अदालतले ७१.१७ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । डोटी जिल्ला अदालतमा दर्ता भएका एक सय ११ थान मुद्दा मध्य ७९ थान मुद्दा फर्छ्यौट गरिएको हो । त्यस्तै, बझाङ जिल्ला अदालतले ७३.८७ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । त्यहाँ जम्मा २ सय २२ थान मुद्दा दर्ता भएकोमा एक सय ६४ थान मुद्दा फछ्र्यौट गरिएको हो ।

अछाम जिल्ला अदालतले ६६.४४ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । त्यहाँ जम्मा एक सय ५२ थान मुद्दा दर्ता भएकोमा एक सय एक थान मुद्दा फर्छ्यौट गरिएको हो । डडेल्धुरा जिल्ला अदालतले ६६.९५ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । त्यहाँ जम्मा २ सय ३३ थान मुद्दा दर्ता भएकोमा एक सय ५६ थान मुद्दा फर्छ्यौट गरिएको हो ।

दार्चुला जिल्ला अदालतले ७३.६६ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । उक्त अदालतमा जम्मा २ सय ४४ थान मुद्दा दर्ता भएकोमा एक सय ६५ थान मुद्दा फर्छ्यौट गरिएको हो । बैतडी जिल्ला अदालतले ७१.४२ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । जम्मा एक सय ७५ थान मुद्दा दर्ता भएकोमा एक सय २५ थान मुद्दा  फर्छ्यौट गरिएको हो ।

त्यस्तै, बाजुरा जिल्ला अदालतले ५४ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । उक्त अदालतमा जम्मा एक सय ४९ थान मुद्दा दर्ता भएकोमा ८० थान मुद्दा फर्छ्यौट गरिएको हो ।

सुदूरपश्चिम प्रदेश अन्तरगतका अदालतहरुमा २०८०/०८१ असाढ मसान्त सम्ममा दर्ता भएका र अघिल्लो वर्षको जिम्मेवारी सरेका जम्मा मुद्दा सङ्ख्या ९ हजार ६ सय ११ थानमध्य ६ हजार ५ सय ९४ थान मुद्दा फर्छ्यौट गरिएको छ । ३ हजार १७ थान मुद्दाको चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेको छ ।

उच्च अदालत दिपायलका ९९ थान मुद्दा र उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका २ सय १२ थान गरी जम्मा ३ तीन सय ११ थान मुद्दाको जिम्मेवारी सरेको हो । त्यस्तै, प्रदेशका ९ वटा जिल्ला अदालतका २ हजार ७ सय ६ थान मुद्दाको जिम्मेवारी सरेको छ ।

विगतका वर्षहरुभन्दा २०८०/०८१ मा ९ वटै जिल्ला अदालतहरुको पनि कार्यसम्पादन प्रगति बढेको उच्च अदालत दिपायलका न्यायाधीश अस्मिन कुमार राईले बताउनु भयो । भर्चुअल विधिबाट बहस गर्दा मुद्दाका पक्षहरु, सम्बन्धित अदालत, बकपत्र गर्ने व्यक्तिहरु र अदालतको कार्यसम्पादनमा सहजता भएको उहाँले बताउनु भयो ।

 

 

उच्च अदालत दिपायलले ग–यो दश वर्ष यताकै सबैभन्दा बढी मुद्दा फर्छ्यौट

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ श्रावण ५

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP