२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025, Thursday

उच्च अदालत दिपायलले ग–यो दश वर्ष यताकै सबैभन्दा बढी मुद्दा फर्छ्यौट

दिपायल- उच्च अदालत दिपायलल विगत दश वर्ष यताकै सबैभन्दा बढी मुद्दा फर्छ्यौट गरेको छ । अदालतले आर्थिक वर्ष विगतका आर्थिक वर्ष भन्दा २०८०/०८१ मा बढी मुद्दा फर्छ्यौट गरेको हो ।

अदालतमा दर्ता भएका लामो अवधिका मुद्दाहरुमा पनि कमी आएको छ । गत आर्थिक वर्षमा ६ महिना अवधि कटेका ९ थान मुद्दा मात्रै बाँकी छन् ।

२०८१ अषाढ मसान्तसम्म उच्च अदालत दिपायलले ९०.४४ प्रतिशत मुद्दा फर्छ्यौट गरेको हो । सो अवधिमा ७ सय थान नयाँ मुद्दा दर्ता भएका थिए भने ३ सय ३६ थान मुद्दा जिम्मेवारी सरेका थिए ।

जम्मा एक हजार ३६ थान मुद्दामध्य ९ सय ३७ थान मुद्दा फर्छ्यौट गरिएको निमित्त रजिष्ट्रार तारादत्त बडुले बताउनु भयो । उहाँका अनुसार दर्ता भएका र जिम्मेवारी सरेरका मध्य ९९ थान मुद्दा मात्रै बाँकी छन् ।

उच्च अदालत दिपायलबाट आर्थिक वर्ष २०७९/८० मा ७३.२४ प्रतिशत मुद्दा फर्छ्यौट गरिएको थियो । त्यस अघि २०७८/७९ मा ६२.२१ प्रतिशत मुद्दा फर्छ्यौट गरिएको थियो ।

उच्च अदालत तथा मातहतका अदालतमा भर्चुअल विधिबाट बहस हुन थाले पछि कार्यसम्पादनमा सहजता हुँदै गएको उच्च अदालत दिपायलका न्यायाधीश डाल कुमार खड्काले बताउनु भयो ।

“विगत १० वर्षको तथ्याङ्क हेर्ने हो भने २०८०/०८१ म सबैभन्दा बढी मुद्दा फर्छ्यौट गर्न सफल भएका छौं,“उहाँले भन्नु भयो,“ विगत तीन वर्ष यता भर्चुअल विधिबाट बहस, तारिख, पेशी र बकपत्र हुने गरेको छ । यस वर्ष हामीले त्यसको भरपुर प्रयोग गरेका छौं । मातहतका कारागारमा पनि त्यसको व्यवस्था गरेका छौं । जसले गर्दा कार्यसम्पादनमा सहजता हुनुको साथै मुद्दा फर्छ्यौटमा वृद्धि भएको छ ।”

आर्थिक वर्ष २०८०/०८१ मा श्रव्यदृश्यमार्फत बहस लागि एक हजार एक सय ४० निवेदन परेका थिए । जसमध्य ७ सय २३ थान मुद्दामा सो विधिबाट बहस भएको थियो भने ११ थान बकपत्र लिइएको थियो ।

उच्च अदालत दिपायलले गत आर्थिक वर्षमा ८ सय २९ थान (६९.३१ प्रतिशत) मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएको थियो । अदालतले आफ्नो वार्षिक अनुमानित लक्ष्य भन्दा बढी ९०.४४ प्रतिशत मुद्दा फछ्र्यौट गरेको हो । अदालतले सरल, सामान्य, विशेष गरेर मार्ग समुह अनुसार मुद्दा फर्छ्यौट गर्ने गरेको छ ।

 

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०८१ श्रावण ४

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP