२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

धनगढीको प्रयोगशालामा रुकुमका दुई जनाको रिपोर्ट ‘पोजेटिभ’

धनगढी : धनगढीको पशुपंक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटीपीसीर मेसिनमा दुई जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको छ। तर दुबै जना सुदूरपश्चिमका भने होईनन्। प्रयोगशाला स्रोतका अनुसार सुर्खेतबाट ल्याईएको ९९ वटा थ्रोट स्वावको नमूना परीक्षण गर्दा दुई जनामा कोरोनाको संक्रमण देखाएको हो।

उनीहरु दुबै जना रुकुम पश्चिमका हुन्। धनगढीस्थित प्रयोगशालामा रिपोर्ट पोजेटिभ देखाएपछि पुनः परीक्षणका लागि नमूना काठमाडौँ पठाईएको छ। संघीय सरकारले मेसिन पठाएपछि धनगढी स्थित पशुपंक्षी अन्वेषण प्रयोगशालामा आरटीपीसीर मेसिन जडान गरिएको थियो। 
 

Related News

सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम।
सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम।
  • २०७७ बैशाख ४

सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम,...

TOP