२०८३ आश्विन २५, आईतवार
October 11, 2026, Sunday

धनगढीको प्रयोगशालामा रुकुमका दुई जनाको रिपोर्ट ‘पोजेटिभ’

धनगढी : धनगढीको पशुपंक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटीपीसीर मेसिनमा दुई जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको छ। तर दुबै जना सुदूरपश्चिमका भने होईनन्। प्रयोगशाला स्रोतका अनुसार सुर्खेतबाट ल्याईएको ९९ वटा थ्रोट स्वावको नमूना परीक्षण गर्दा दुई जनामा कोरोनाको संक्रमण देखाएको हो।

उनीहरु दुबै जना रुकुम पश्चिमका हुन्। धनगढीस्थित प्रयोगशालामा रिपोर्ट पोजेटिभ देखाएपछि पुनः परीक्षणका लागि नमूना काठमाडौँ पठाईएको छ। संघीय सरकारले मेसिन पठाएपछि धनगढी स्थित पशुपंक्षी अन्वेषण प्रयोगशालामा आरटीपीसीर मेसिन जडान गरिएको थियो। 
 

Related News

डोटी कांग्रेसको बिपी र सिद्धराज स्मृति भवनको उद्घाटन 
डोटी कांग्रेसको बिपी र सिद्धराज स्मृति भवनको उद्घाटन 
  • २०७७ बैशाख ४

दिपायल – नेपाली कांग्रेस डोटीको बिपी र सिद्धराज स्मृति भवनको...

TOP