धनगढी : धनगढीको पशुपंक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटीपीसीर मेसिनमा दुई जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको छ। तर दुबै जना सुदूरपश्चिमका भने होईनन्। प्रयोगशाला स्रोतका अनुसार सुर्खेतबाट ल्याईएको ९९ वटा थ्रोट स्वावको नमूना परीक्षण गर्दा दुई जनामा कोरोनाको संक्रमण देखाएको हो।
उनीहरु दुबै जना रुकुम पश्चिमका हुन्। धनगढीस्थित प्रयोगशालामा रिपोर्ट पोजेटिभ देखाएपछि पुनः परीक्षणका लागि नमूना काठमाडौँ पठाईएको छ। संघीय सरकारले मेसिन पठाएपछि धनगढी स्थित पशुपंक्षी अन्वेषण प्रयोगशालामा आरटीपीसीर मेसिन जडान गरिएको थियो।
दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...