२०८३ श्रावण १२, मंगलवार
July 28, 2026, Tuesday

दिसिनपाले गरेन ईसीडी शिक्षक र कर्मचारीका माग सम्बोधन, प्रहरी लगाएर छेकियो अन्दोलन


डाटी- दिपायल सिलगढी नगरपालिकाका ईसीडी शिक्षक (बाल विकास सहजकर्ता) र विद्यालय कर्मचारी आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाले सरकारले तोके अनुसार आफुहरुको सेवा सुविधा नबढाएको भन्दै आन्दोलमा उत्रिएका हुन् । उनिहरुको आन्दोलनको नेतृत्व शिक्षक महासंघले गरिरहेको छ ।

सरकारले तोकेबमोजिम ईसीडी शिक्षक (बाल विकास सहजकर्ता) र विद्यालय कर्मचारीको वृद्धि भएको तलब निकासा नगरेकोले उनिहरुको हकहितका लागि आन्दोलनमा उत्रिनु परेको शिक्षक महासंघ डोटीका अध्यक्ष शंकर कठायतले बताए ।

जिल्ला तथा देशका अन्य स्थानीय तहहरुले सरकारले गत जेठ १५ गते घोषणा गरेको ईसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब सम्बन्धी व्यवस्था लागु गरे पनि दिपायल सिलगढी नगरपालिकाले बेवास्था गरेको उनको गुनासो छ ।

ईसीडी शिक्षक, कर्मचारीहरुले पटक–पटक नगरपालिकासँग आफ्ना मागहरु राख्दा पनि सम्बोधन नभएपछि आन्दोलमा उत्रिनु परेको शिक्षक महासंघका नगर अध्यक्ष पुष्कर साउँदले बताए । नेपाल शिक्षक महासंघले तलब वृद्धिसम्बन्धी निर्णय नगरपालिकाले तत्काल कार्यान्वयन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

शुक्रबार आफुहरु छलफल र आन्दोलनका कार्यक्रमहरु गर्न नगरपालिका जाँदा प्रहरी लगाएर आन्दोलन विथोलेको अध्यक्ष साउँदले बताए । ‘हामिले पटक–पटक बार्ताका लागि अपिल गरेउँ तर नगरपालिकाले बेवास्था ग¥यो, त्यसपछि हामी आज नगरपालिकामा ताला लगाउँन गएका थियौं ।,‘उनले भने,‘हाम्रा मागहरुलाई सम्बोधन नै नगरि प्रहरी प्रयोग गरेर लखेटिएको छ । आउँदा दिनहरुमा त्यसको प्रतिवाद गर्नेछौं ।’

लोकतन्त्रमा आफ्ना सम्स्याहरु, मागहरु र विचार राख्न पाउने स्वतन्त्रता छ । चित्त नबुझेको कुरामा शान्तिपूर्ण रुपमा विरोधका कार्यक्रमहरु गर्न सबैले पाउँछ,‘महासंघका जिल्ला अध्याक्ष कठायतले भने,‘आम्रो शान्तीपूर्ण आन्दोलनमा प्रहरी प्रयोग गरेर निरंकुशता देखाइएको छ ।, यस्तै व्यवहार देखाए जिल्ला भरीका शिक्षक, कर्मचारी र बाल विकास सहजकर्ता ल्याएर आन्दोलन गर्छौं ।’

आन्दोलन र आफुहरुका माग सम्बोधनका बारेमा जानकारी गर्न नगर प्रमुखसँग फोन गर्दा,‘‘तपाईरुहरुको आन्दोलनले केही हुनेवाला छैन, जे गर्न सकिन्छ गर्नुस्’’ भनेर उल्टै हपारेको नगर महासंघका अध्यक्ष साउँदले गुनासो गरे ।

डोटी जिल्लाका अन्य पालिकाहरुले भने सरकारको निर्णअनुसार ईसीडी शिक्षक (बाल विकास सहजकर्ता) र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गरिसकेका छन् ।

ईसीडी शिक्षक र विद्यालय कर्मचारीलाई संघीय सरकारले मासिक ८ हजार र स्थानीय सरकारबाट ७ हजार थप गरी १५ हजार दिने घोषणा गरेको भए पनि नगरपालिकाले बेवास्ता गरेको उनीहरूको गुनासो छ ।

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०७८ पुष ९

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP