
कैलाली- कैलालीको गोदावरी नगरपालिका – ८ स्याउलेमा जारी सुदूरपश्चिम राजधानी कप महिला तथा पुरुष फुटबल प्रतियोगिता अन्तरगत बुधबार २ वटा सेमिफाइन खेल सम्पन्न भएका छन ।
पुरुष तर्फ भएको सेमिफाइनल खेलमा राइजिङ साहारा कोहलपुर र महिला तर्फ भएको सेमिफाइनल खेलमा रोयल गोर्खा कञ्चनपुर विजयी भएका हुन ।
राइजिङ साहारा कोहलपुर फारवेस्ट पशुपती युवा क्लव धनगढीलाई ३– ० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । कोहलपुरका लागि फागु थारुले ३ र ६४ औं मिनेटमा २ गोल गरेका थिए भने २२ औं मिनेटमा विवेक सन्तोषीले १ गोल गरेका थिए । खेलको प्लियर अफ दि म्याच राइजिङ साहाराका माधव भण्डारी भएका थिए । उनले नगद ४ हजार प्राप्त गरे ।
महिलातर्फको खेलमा रोयल गोर्खा कञ्चनपुरले अत्तरिया फुटबल एकेडमीलाई ४–३ गोल अन्तरले पराजित गरेको छ । रोयल गोर्खाले सडनडेथमा जित हात पारेको हो ।
खेलको पहिलो हाफको सुरुवाती १२ औं मिनेटमा कान्ती पातलीले गोर्खाका लागि अग्रता गोल प्रहार गरेकी थिइन । त्यसपछि ५२ औं मिनेटमा पाएको फ्री किकलाई सदुपयोग गर्दै हेमा चौधरीले अत्तरिया फुटबल एकेडमिका लागि गोल गर्दै खेललाई बराबरीमा पु¥याएकी थिइन ।
त्यसपछि पेनाल्टीमा गएको खेलमा पनि ३–३ को बराबरी भएपछि खेल सडनडेथमा गएको थियो । सडनडेथमा एक गोल गरेपछि रोयल गोर्खाले जित हात पारेको हो ।
खेलमा रोयल गोर्खा की गोल किपर कविता बिक प्लियर अफ दि म्याच घोषित भइन । उनले नगद तीन हजार हात पारीन ।
जित संगै पुरुष तर्फ राइजिङ साहारा कोहलपुर र महिला तर्फ रोयल गोर्खा कञ्चनपुर फाइनलमा प्रवेश गरेका छन ।
सुदूरपश्चिममा २–३ दिनभित्र मनसुन सक्रिय हुने, पहाडी र तराई क्षेत्रमा...