२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

मंगलबार डोटीका थप ६८ जनामा कोरोना पुष्टि

डोटी- मंगलबारको परीक्षणमा डोटीका थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको प्रयोगशालामा आरटिपिसिआर परीक्षण गर्दा ५१ जनामा र एन्टिजेन परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

पछिल्लो २४ घण्टाको परीक्षणमा दिपायल सिलगढी नगरपालिकाका १२ पुरुष र ३ महिला गरी १४ जना, जोरायल गाउँपालिकाका २९ पुरुष र ४ महिला गरी ३३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै बडीकेदार गाउँपालिकाका ३ पुरुष, केआईसिंह गाउँपालिकाका १० पुरुष र २ महिला गरी १२ जना र पूर्वीचौकी गाउँपालिकाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख उद्धब बहादुर ठगुन्नाले जानकारी दिए ।

योसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या दुई हजार एक सय ९२ पुगेको छ । जिल्लामा उपचारका क्रममा हाल सम्म ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला अस्पतालको कोभिड वाडमा हाल ८ जना संक्रमित उपचाररत छन् । जसमध्य जटिल स्वास्थ्य समस्या देखिएका ६ जनाको अक्सिजन सपोर्टमा उपचार भैरहेको जिल्ला अस्पतालले जनाएको छ ।

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०७८ जेष्ठ ४

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP