डोटी- जिल्ला अस्पताल डोटीको कोभिड वार्डमा ८ जना कोरोना संक्रमित बिरामीको उपचार भैरहेको छ । उपचार भैरहेका ८ जना मध्य ६ जना बिरामीको अक्सिज सपोर्टमा उपचार भैरहेको अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले बताए ।
अक्सिजन सपोर्टमा रहेका ६ जना मध्य ४ जना बिरामीलाई सिलिण्डरबाटै अक्सिजन दिईएको छ । अस्पतालसँग अहिले १० वटा मात्रै अक्सिजन सिलिण्डर स्टक रहेको अस्पतालले जनाएको छ ।
अस्पतालसँग भएका ४५ र दाताले दिएका दुई गरी ४७ वटा अक्सिजन सिलिण्डर छन् । त्यसमध्य १० वटा भरिएका सिलिण्डर र ३७ वटा खाली सिलिण्डर अस्पातलसँग छन् ३७ वटा खालि सिलिण्डर भर्नका लागि पठाउन सकिएको छैन ।
अस्पतालको १९ वटा वेड भएको कोभिड वार्डमा ८ जना मात्रै बिरामी भए पनि स्टक अक्सिजन पर्याप्त नभएको अस्पतालले जनाएको छ । स्टक अक्सिजन अहिलेको अवस्थामा दुई दिन सम्म पुग्न सक्छ सूचना अधिकारी भाटले भने,‘अक्सिजन कम भएका बिरामी थपिए भने जति बेला पनि सकिन सक्छ ।’
खाली सिलिण्डर भर्नका लागि अक्सिजन प्लाण्टमा पठाउने तयारी भैरहेको सूचना अधिकारी भाटले बताए । धनगढीको अक्सिजन प्लाण्टमा पठाउने हो त्यहाँ पनि अक्सिजनको कमी छ, उनले भने,‘डक्टरसँग कहाँ पठाउने कसरी पठाउने भन्ने सल्लाह भैरहेको छ, केही सिलिण्डर संकलन हुँन बाँकी छन् । अक्सिजन पठाउनका लागि गाडीको पनि जोह हुन सकेको छैन ।’
अस्पतालसँग भएका खाली सिलिण्डरहरु तत्काल भरेर ल्याउन नसके वा दाताबाट अक्सिजन सिलिण्डर उपलब्ध हुन नसके जिल्लामा अक्सिजनको चरम अभाव हुने देखिन्छ ।
दिपायल, मंसिर १६ गते । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका –...