दुःख दर्द नाश गर्ने शिवजीको कथा ।
साउनको सोमबार कथा सुने छुन्न व्यथा ।।
साउनको सोमबार अति पवित्र मानिन्छ ।
सोमबार शिवजीको कथा फलदायी ठानिन्छ ।।
शिवजीको पावन कथा सोमबारमा सुने ।
कथाको प्रभावबाट वैभवशाली हुने ।।
सोमबार व्रतको कथा शिव पुराणमा वर्णन ।
श्रृद्वा भक्ति कथा सुन्नु मन शिवका चरण ।।
भक्ति साथ पूरा कथा सुन्ने व्यक्तिलाई ।
धनधान्य दौलत मिल्छ उसको भक्तिलाई ।।
रोग व्याध टाढा भाग्छ सुख समृद्वि आउँछ ।
निरोगी परिवार हुन्छ मनमा शान्ति छाउँछ ।।
पूरा सुन्नु कथालाई तब फल पाउँछ ।
भक्तिभावले कथा सुने धनधान्य आउँछ ।।
कथा सुने शिवको प्रति अझ भक्ति बढ्छ ।
स्वस्थ रही वैभवको शिखरमा चढ्छ ।।
नारद भन्छन् फल बारे कथा श्रवण गरे ।
श्रृद्वा साथ कथा सुनी शिवको चरण परे ।।
उज्जैन नगरमा एउटा धार्मिक ब्राह्मण थिए ।
शिवजीको पूजा गर्थे शिवमा मन दिए ।।
एउटा छोरा सोमनाथ साथमा श्रीमती ।
शिवजीको पूजन गर्थे तैपनि दुर्गति ।।
बिहानै स्नान गरी तुलसी पानी दिन्थे ।
साउनकी सोमबार सधैँ शिवको व्रत लिन्थे ।।
नगरवासीलाई सधैँ शिवको कथा भन्थे ।
कथा सुनाई भक्तबाट धन दक्षिणा लिन्थे ।।
श्रीमतीलाई उनको कार्य मन परेको थिएन ।
शिवको व्रत कथा सुन्दा धनी बन्ने होइन ।।
यति पूजा पाठ गर्दा अझ हामी दुःखी ।
जति पूजा गरे पनि कैले बन्ने सुखी ।।
श्रीमती शिवजीसँग साह्रै रुष्ट बनी ।
श्रीमान्लाई पूजापाठ बन्द गर्न भनी ।।
मैले त सम्पूर्ण छोडँे शिवजीको व्रत ।
तब गर्छु शिवको पूजा धन पाउने सर्त ।
ब्राह्मण नगरबाट कथा सुनाई आउँथे ।
घर चल्थ्यो त्यही धनले दक्षिणा पाउँथे ।।
श्रीमतीले फेरी व्रत लिन सुरु गरिन् ।
श्रद्घा साथ भक्ति गर्छु भनी शरण परिन् ।।
मेरो पनि दिन आउला गरिबी जानेछ ।
मेरो पनि परिवार सुखले खानेछ ।।
व्रतको प्रारम्भ ग¥यो निकै दिन भयो ।
ब्राह्मणको घरको हाल अभैm उस्तै रहयो ।।
मनै मन आपूmलाई भन्थिन् के पाप गरेछु ।
जसको कारण गरिबीको दलदलमा परेँछु ।।
बिस्तारै बुढा भए दुबै श्रीमान् श्रीमती ।
कमाएको खाई सके घरमा थियो जति ।।
पण्डितलाई रोगले घे¥यो बिरामी परेथे ।
कसरी चलाऊँ घर भनेर निकै डरेथे ।।
बिस्तारै खाली भो भण्डार खान मुस्किल भयो ।
अब त पण्डित पनि निकै चिन्तित रह्यो ।।
व्रत छोडिन् श्रीमतीले लोग्नेसँग भनिन् ।
शिवको व्रतलाई छोडी साह्रै कु्रद्ध बनिन् ।।
लोग्नेसँग भन्न थालिन् हे नाथ ! सुन्नुहोस् ।
शिवको पूजाले हामीले के पायौँं भन्नुहोस् ।।
एक दाना अन्नको छैन भोकै बस्नुपर्छ ।
हामी दुबै बुढा भयाँै कस्ले कमाइ गर्छ ।।
मै हुँ मूर्ख शिवजीको फेरी पूजा थाले ।
पूजाफल क्यै मिलेन आपूmलाई दुःखमा हाले ।।
साउनको सोमबार सधै व्रत बसँे मैले ।
किन व्रत गरँे भनी पछुताउ भयो ऐले ।।
दिन रात भगवान् शिवको पुजा पाठ गरेँ ।
को दिन्छ खान हामीलाई अब भोकै मरे ।।
उपवास बसेँ मैले शरीर कमजोर भयो ।
पूजा गर्दा व्रत बस्दा मेरो उमेर गयो ।।
व्रत बसँे पूजा गरँे केही पनि पाइनँ ।
झन् झन् गरिब भएँ धन पैसा आएन ।।
के दिन्छन् शिवले तिमीलाई पूजा पाठ गर्छौ ।
भोकले मरिने भइयो तिमी पनि मर्र्छौ ।।
मैले पूजा छोडिदिएँ शिवले केही दिन्नन् ।
बेकारमा पूजा गर्नु हाम्रो चिन्ता लिन्छन् ? ।।
पण्डितले स्वास्नीको सुझाव कदापि सुनेनन् ।
पूजा छोडी नास्तिक जस्तो पण्डित बनेनन् ।।
श्रीमतीलाई भन्न थाले पूजा व्यापार हैन ।
पूजा गरी पुरस्कार पाउने मैले सोच्या छैन ।।
भगवान्का भरमा पर्नु गुनासो छोडेर ।
शिवको शरण पर्नु दुई हात जोडेर ।।
केही पाउँला भनेर मैले पूजा ग¥या हैन ।
पूजा बापत सुख खोज्ने मेरो मनमा छैन ।।
हामी बच्चा लालनपालन विना सर्त गर्छौँ ।
बालबच्चा बिरामीमा हामी कति डर्छौँ ? ।।
म पूजा सर्वदा गर्छु प्राण रहेसम्म ।
शिवका शरणमा पर्छु ताकत भएसम्म ।।
पण्डितपुत्र सोमनाथ पढ्न काशी थिए ।
पढाइमा अब्बल दर्जा निकै ध्यान दिए ।।
पढाइ सकी सोमनाथ आफ्नो घरमा आए ।
मातापिता वृद्ध रोगी साह्रै कमजोर पाए ।।
उनले देखे मातापिता कष्टमा परेका ।
रोग भोग कष्टदेखि असाध्य डरेका ।।
सोमनाथ सेवामा लागे मातापिता हेरी ।
घरमा जुटाए खाना कथा वाचन गरी ।।
पिता जस्तै नगरमा शिवको कथा भन्थे ।
त्यही धनले चलाउँथे घर जुन दक्षिणामा लिन्थे ।।
मातापिताको सेवा गरी घरको बोझ लिए ।
चिन्ता छैन म छु भनी पूर्ण विश्वास दिए ।।
सोमनाथ नगर जान्थे कथा वाचन गर्थे ।
मिलेको दक्षिणाबाट घरमा पेट भर्थे ।।
धेरै वर्ष कथा वाचन गर्दै जान थाले ।
कथा पछि प्रवचनले निकै विश्वास हाले ।।
एक दिन शिवको मन्दिर कथा वाचन पछि ।
सोमनाथ प्रवचन दिन्थे मन्दिरमा बसी ।।
राजा पनि त्यही मन्दिर कथा सुन्न आए ।
कथा पछि सोमनाथको प्रवचन सुन्न पाए ।।
सोमनाथ भन्दै थिए जस्ले कथा सुने ।
शिवजी पु¥याउँछन इच्छा शिवभक्त बने ।।
शुद्घ मनले श्रद्घा भावले शिवको कथा सुने ।
सोचेको सम्पूर्ण पुग्छ सोमनाथले भने ।।
राजाले अगाडि आई सोमनाथलाई भने ।
राम्रो लाग्यो कथा मलाई सबै कुरा सुने ।।
मलाई लाग्छ मेरी छोरी राम्रो घर पाउन ।
राजकुमारीलाई कथा भन्न सक्छौं दरबार आउन ?
दक्षिणाको रूपमा तिमी धन पैसा पाउँछौ ।
छोरीलाई सुनाउन कथा दरबार आउँछौ ?
राजाको प्रस्ताव सुनी सोमनाथ भए खुसी ।
दरबारमा कथा भन्छु अब हुन्नँ दुःखी ।।
सोमनाथ नियुक्त भए शिवको कथा भन्न ।
राजकुमारी तयार हुन्थिन् सधैँ कथा सुन्न ।।
राजकुमारीलाई कथा सुनाई जुन धन मिल्थ्यो ।
त्यही धनले सोमनाथको परिवार चल्थ्यो ।।
सोमनाथकी मातालाई मन परेन काम ।
छोराको भविष्य बन्न कति आउँछ दाम ।।
केवल पेट मात्र पाली भविष्य बन्दैन ।
छोराले पेटमात्र पालोस् मेरो मन मान्दैन ।।
सोमनाथकी माता भन्थिन् हे नाथ ! बिन्ती सुन ।
कथा वाचन छुटेपछि के हुने हो भन ?
छोराको चिन्ताले मलाई सधैँ सताइरन्छ ।
भ्विष्यमा बाबु जस्तै कथा वाचक बन्छ ।।
हामीले जीवन आफ्नो जेनतेनले काट्यौँ ।
आपसमा दुबै मिली सुखदुःख साट्यौँ ।।
के होला छोराको हाल हाम्रो शेष पछि ।
केवल कथाको वाचन मन्दिरमा बसी ।।
राजाले दिएको धनले खान मात्र पुग्छ ।
छोराको भविष्य देखी मेरो मन दुख्छ ।।
हाम्रो पुकार शिवजीले कैले सुन्ने हुन् ?
हामीप्रति दयावान् कैले बन्ने हुन् ?
के हाम्रो छोराले पनि हाम्रै दशा भोग्ला ? ।
जीवनको मनोदशा अन्य कस्ले देख्ला ? ।।
पण्डितपत्नी पुकार गर्छिन् भोलेनाथ सुन ।
हामीले के पाप ग¥यौँ ? अब सबै भन ।।
पार्वतीले पुकार सुनिन् शिव छेउ गइन् ।
पण्डितपत्नीको संवाद सुनी चिन्तित भइन् ।।
भोलेनाथ सोध्न थाले मलिन गौरी देखी ।
के कारण चिन्तित भयौ ? सबै भन मुखि ।।
हे शम्भो ! त्रिकालदर्शी ! सबै देख्नुहुन्छ ।
लुक्दैन हजुरबाट के के कार्य बन्छ ।।
तैपनि म भनिदिन्छु चिन्ताको कारण ।
पण्डितको परिवारको को गर्ला तोरण ।।
चिन्ताको कारण मेरो पण्डितको दशा ।
घरमा छैन अन्न दानो उनका हाल कसा ।।
पार्वतीले फेरि भनिन् पण्डित हाम्रो भक्त ।
हामीले पर्दैन हेर्नु यस्तो दुःखको बक्त ।।
कति लामो परीक्षा हो दुबै बुढा भए ।
खानु छैन रोग व्याध दुःखी बन्दै गए ।।
पण्डित प्रभुको भक्त केवल दुःख पाए ।
जीवनभर उनले पूजा गर्दै आए ।।
ऐलेसम्म पण्डितले पूजा फल पाएनन् ।
जीवनमा खुसी हर्ष कहिले आएनन् ।।
हे प्रभु ! बिन्ती छ मेरो उनको दुःख हर्नोस् ।
उनीप्रति बसाई दया खुसियाली छर्नोस् ।।
यस्तो नहोस दुबै जना विमुख बनी बसौन ।
पूजा छोडी श्रद्वा छोडी दलदलमा फसौन ।।
शिवले भने चिन्ता छोड अब भाग्य खुल्छ ।
भाग्यको खुल्दै छ ढोका सबै दुःख भुल्छ ।।
भाग्यको बोई दिए बिउ अब फसल काढ्छ ।
गरिबी र दुःख त्यागी सुखको मह चाट्छ ।।
अब हाम्रो वेला आयो पृथ्वीलोक जाने ।
पण्डितको भाग्य खोल्न उनको घरमा खाने ।।
यति भनी शिव पार्वती पृथ्वीलोक गए ।
पण्डितको घरमा पुगी मुनि भेषमा रहे ।।
साधुको रूपमा दुवै पण्डित घरमा आए ।
अलख निरन्जन भन्दै ठुलो आवाज लाए ।।
आवाज सुनी वृद्व पण्डित आँगनमा आए ।
सामुन्नेमा दुई जना साधु बाबा पाए ।।
दुबैलाई स्वागत भन्दै उनका चरण परे ।
के सेवा टक्रयाऊँ भनी नम्र बिन्ती गरे ।।
साधुरूपी शिव बोले आज रात्रिवास ।
खान बस्न पाउने भनी लिई आएँ आस ।।
पण्डित सोच्न लागे यी त अतिथि हुन् ।
हुँदैन कसरी भनूँ देवरूपमा छन् ।।
हुँदैन कसरी भनूँ सराप लाग्ने डर ।
हुन्छ म कसरी भनूँ छैन अन्न घर ।।
छोराले ल्याएको धनले एक छाक टर्छ ।
दुई छाक कसरी ख्वाउने सराप लाग्ने डर छ ।।
हे मुनि ! छोराले मेरो कथा भनी आउँछ ।
शिवकथा राजपुत्री सुनाई धन पाउँछ ।।
त्यति धनले एक छाक टर्छ एकै छाक खान्छौँ ।
त्यति पनि शिवको प्रसाद भनी हामी ठान्छौँ ।।
साधुरूपी शिव भन्छन् यो पात्रलाई लेऊ ।
यसमा पकाउनु भनी श्रीमतीलाई देऊ ।।
दुबै छाकको खाना पुग्छ यसमा पकाएमा ।
हामी दुई पछाडि खाउँला तिमी अघाएमा ।।
अतिथि पहिले ख्वाउनु चिन्ता छैन मुनि ।
शिवजी गदगद भए यस्तो वाणी सुनी ।।
त्यो भाँडोमा खाना पकाई दुबै छाकलाई पुगे ।
धन्यवाद साधु भनी पण्डित पाउमा झुके ।।
पण्डितको परिवार अचम्मित भए ।
नदुखाई साधुको चित्त सेवा गर्दै गए ।।
मनमा अच्चमै भयो, डर पनि माने ।
रुखासुखा ख्वाएँ भनी माफी पनि मागे ।।
दोस्रो दिन खाना खाई सोमनाथ जान लागे ।
साधु भेषका शिवजीले सोमनाथ भनी डाके ।।
हे पुत्र ! जाँदैछौ कता यति छिटो गरी ।
बाहिर के काममा जान्छौ बस्छौ दिनभरि ।।
राजकुमारीलाई शिवकथा भन्न दरबार जान्छु ।
धन मिल्ने शिवभक्ति यही ठिक ठान्छु ।।
हे पुत्र ! कथाको पछि राजकुमारीलाई सोध्नु ।
के कामनाले कथा सुन्छ्यौ भनी तथ्य खोल्नु ।।
सोमनाथ दरबार गई कथा भनेपछि ।
राजकुमारीलाई प्रश्न सोधे समीपमा बसी ।।
कुन कामना पूर्ति गर्न कथा श्रवण गछ्र्यौ ? ।
शिवमा आगाध श्रद्वा शिवको चरण पछ्र्यौ ? ।।
राजकुमारी भन्न थालिन् कामनाको कुरा ।
मलाई यस्तो वर मिलोस् नगर चर्चा पूरा ।।
उस्को चर्चा नगरभरि सबले खुबै गरौन ।
मस्तिष्कमा चन्द्रसूर्य सबै चकित परौन ।।
उस्को भाग्य यस्तो होस् धन्यधान्य पूरा ।
सम्पूर्ण पुगेको होस् नहोस् अपुग कुरा ।।
कसैले नदेखेका ब¥याँती त्यस्तो जन्ती ल्याओस् ।
तमाम ब¥याँती ल्याई बाजा बजाई आओस् ।।
सोमनाथ घरमा आई साधु शिवलाई भने ।
राजकुमारीले भन्या कुरा साधु शिवले सुने ।।
हे पुत्र ! भोलि गई दरबार त्यही कुरा सोध्नु ।
के हो तिम्रो भित्री माग तथ्य कुरा खोज्नु ।।
भोलि पनि त्यही भने म हुँ त्यस्तो वर ।
त्यति भनी छिटो भागी आउनु आफ्नो घर ।।
मुनिवर ! राजाकी पुत्री म त गरिब मान्छे ।
उसैका दक्षिणा खाने कैले त्यस्तो ठान्थेँ ।।
राजाकी पुत्रीका साथ मेरो विवाह हुन्न ।
राजाले चढाउँछन् फाँसी जीवित रहन दिन्न ।।
जब राजा थाहा पाउलान् कति क्रुद्ध होलान् ।
म सँगै मेरो परिवारलाई मृत्युदण्ड देलान् ।।
क्षमा गर मुनिवर ! यस्तो कुरा भन्न ।
सक्ने छैनन् राजपुत्री यस्तो कुरा सुन्न ।।
हे पुत्र ! त्यसो हो भने मेरो कुरा सुन ।
नभने परिवार भस्म कुन चाहिँ हुन्छ भन ।।
पूरा परिवार भस्म हुन्छ मैले सराप दिन्छु ।
मेरो कुरा नमानेमा यस्तै बाटो लिन्छु ।।
सोमनाथ मुुनिसँग पहिल्यै थ्ये डरेका ।
भाँडामा खानालाई पुग्ने चमत्कार गरेका ।।
राजा त पछाडि देलान् मृत्युदण्ड अरू ।
साधुले त अहिले भस्म अब कसो गरूँ ।।
हुन्छ भन्ने जवाफ दिन्छु भोलि हेरूँला ।
राजाको सजाय दण्ड सबै सही लिऊँला ।।
सोमनाथ दोस्रो दिन कथा भन्न गए ।
कथा सकी प्रश्न सोध्न उनी सन्मुख भए ।।
राजपुत्रीलाई सोही प्रश्न दोस्रो दिन सोधे ।
कुन कामना पूर्ति गर्न कथा सुन्छ्यौ सोधे ।।
राजकुमारीले त्यही उत्तर जब पूरा भनिन् ।
सोमनाथले मै हँु त्यस्तो वर भन्ने सुनिन् ।।
मै हँु त्यस्तो वर भनी सोमनाथ भागे ।
राजापुत्री आगो भइन् सोमनाथ घरमा लागे ।।
राजकुमारी कु्रद्ध भई आफ्नी दासी बोलाइन् ।
कसरी भनूँ यो कुरा केही बेर टोलाइन् ।।
दासीलाई सबै भनिन् सोमनाथका कुरा ।
सोही कुरा राजालाई सुनाइदेऊ त पूरा ।।
राजा झन् रिसले आगो पुत्रीलाई भने ।
त्यो दुष्टलाई दण्ड दिन्छु त्यस्तो उग्र बने ।।
राजाले सम्पूर्ण मन्त्री दरबारमा बोलाए ।
सोमनाथको उग्र कुरा सुनेर टोलाए ।।
महामन्त्री भन्न थाले ठुलो अपराध ग-यो ।
मृत्युदण्ड दिने कार्य अति गाह्रो ग-यो ।।
पण्डितलाई मृत्युदण्ड दिए ब्रह्महत्या ।
कुनै अर्को दण्ड सोचाँै जस्ले गरोस् फत्या ।।
राजाले केही बेर सोची दुई जना सैनिक बोलाई ।
सैनिक पुगिन्जेल पनि राजा रहे टोलाई ।।
राजाले सैनिकलाई भने पण्डित घरमा जाऊ ।
कडाइ साथ मेरो खबर उस्लाई सुनाई आऊ ।।
पण्डितलाई गई भन राजा पुत्री दिन्छन् ।
तिमीबाट ब¥याँती गर्न एउटा वचन लिन्छन् ।।
राजाका सर्त छन् केही तिन्लाई पूरा गर्नु ।
नसके एक पनि सर्त तयार हुनु मर्नु ।।
सम्पूर्ण ब¥याँती बस्ने ब¥याँत घर बनौन ।
कस्तो अद्वभुत ब¥याँती भनी नगरवासी भनौन ।।
ब¥याँती खुवाउन बन्या खाना बँकी रहे ।
तिमी र ब¥याँती सबै फाँसी चढ्ने भए ।।
ब¥याँतीको चर्चा होस पूरा नगरभरि ।
तमाम ब¥याँती होऊन् ब¥याँत घरभरि ।।
सबै कुरा पुग्नुपर्छ ब¥याँती पुग्दाखेरि ।
नपुगेमा मृत्युदण्ड सम्झी राख फेरि ।।
सैनिक सन्देश लगी पण्डित घरमा गए ।
सोमनाथ घरमा आई साधु सम्मुख भए ।।
सोमनाथ भन्न लागे मैले भनिदिएँ ।
मै हुँ त्यस्तो वर भनी घरको बाटो लिएँ ।।
मै हँु त्यस्तो वर भन्दा राजपुत्री टोलाइन् ।
राजालाई सबै भन्न आफ्नी दासी बोलाइन् ।।
राजकुमारी धेरै कु्रद्ध राजा रिसाए हुन् ।
मृत्युदण्ड सन्देश दिन सैनिक पुग्नेछन् ।।
राजाका सैनिक पुगी ढोका ढक ढक गरे ।
जोरको आवाज सुनी सबै चकित परे ।।
पण्डितले ढोका खोल्दा सैनिक ढोका अधि ।
पण्डितको सातो गयो खोजे सर्न पछि ।।
सैनिकले भन्न लागे तिम्रो पुत्र काँ छ ।
राजपुत्री दिन राजी बोलाऊ उस्लाई जाँ छ ।
राजाले मन्जुरी दिए पुत्री दिने कुरा ।
राजाका क्यै सर्त छन् गर्नुपर्छ पूरा ।।
पुत्री दिने कुरा भयो सर्त पूरा गर्नु ।
सर्तलाई नगरे पूरा तयार हुनु मर्नु ।।
सबै जना मृत्युदण्ड जो ब-याँती आउँछौ ।
राजाका के हुन् सर्त मलाई भनिदेऊ ।
नलुकाई मलाई भन मेरो बिन्ती लेऊ ।।
सबैलाई बस्न मिल्ने ब¥याँती घर बनौन ।
अद्भुत ब¥याँती भनी नगरवासी भनौन ।।
ब¥याँतीलाई बन्या खाना पूरा खाना खानु ।
अलिकति खाना रहे फाँसी चढ्न जानु ।।
नगरवासी चर्चा गरौन अद्भुत ब-याती भनी ।
पण्डित डरले थरथर कामे यस्तो सर्त सुनी ।।
तिमी र ब¥याँती सबै फाँसीमा जानेछौ ।
कुनै सर्त बाँकी रहे त्यस्को फल खानेछौ ।।
ब¥याँती पाँैचनु अधि सर्त पूरा गर्नु ।
ब¥याँती पूरा परिवार तयार हुनु मर्नु ।।
पण्डितले भितर गई सबै सर्त भने ।
साधुले गम्भीर भई सबै सर्त सुने ।।
साधु भन्छन् हुन्छ भन म छु तिम्रो साथ ।
ह्ुन्छ भनी सैनिक पठाऊ नकमाई हात ।।
पण्डितले हुन्छ भनी सैनिकलाई भने ।
राजाले सैनिकका कुरा चकित भई सुने ।।
विवाहको तयारी गर्नू ब¥याँती ल्याई आउँछौं ।
सबै सर्त हुन्छन् पूरा जन्ती सबै ल्याउँछौँ ।।
कसरी अद्भुत सर्त पण्डितले माने ।
कि त मेरो शत्रु मिली नोक्सान गर्छ ठाने ।।
राजाले तयारी गरे ब-याँती आउँछ भनी ।
मनमनै राजा खुसी दण्ड पाउँछ भनी ।।
काँबाट ब¥याँती ल्याउँछ यति घरमा राख्न ।
समाती फाँसीमा राख्छु नदिई कतै भाग्न ।
सोमनाथ नगरमा गई ब-याँती जानु भन्थे ।
हामीलाई फाँसीमा चढ्नु छैन भन्ने सुन्थे ।।
कसैले मानेन जान ब-याँती भएर ।
हामी सबै मर्ने भयौँ अन्त्यमा गएर ।।
सबै भन्थे नजिकमा आयो तिम्रो काल ।
तिम्रै कारण मातापिता सबको भयो बेहाल ।।
हामी जान्नौँ तिम्रो ब-याँती फाँसी चढ्न भनी ।
सोमनाथ दुःखी भए सबका जवाफ सुनी ।।
विवाहको दिन आयो सोमनाथ दुःखी ।
साधु भन्छन् दुःखको कारण सबै भनी मुक्ति ।।
आज त विवाह तिम्रो खुसी हुनुपर्छ ।
विवाहमा हाँस्नु खेल्नु केही यस्तो डर्छ ।।
मुनिवर ! मनको पीडा के पो हुन्छ भनी ।
मेरो मृत्यु नजिक आयो सैनिक सन्देश सुनी ।।
तिम्रा पिता चिन्तित छैनन् शिवको भरमा छन ।
सम्पूर्ण शिवमा छोडे आफु खुसी हुन ।।
म पनि शिवको भक्त बच्चैदेखि भक्ति ।
शिवको कथाको वाचन पाइन मैले शक्ति ।।
मेरो भाग्य यस्तै थियो शिवलाई के को दोष ।
भाग्यमा लेखेको हुन्छ ऐले आयो होस ।।
यति भनी सोमनाथ दरबारतिर लागे ।
भोलेनाथले देवदानव भूत प्रेत डाके ।।
सोमनाथको ब¥याँती जान सबलाई शिवले भने ।
सोमनाथको ब¥याँतीमा सबै जन्ती बने ।।
नाच्दै गाउँदै सबै जन्ती ब-याँती घर आए ।
ब¥याँती घरको सिँगारपटार अद्भुत पाए ।।
भरिए ब-याँँती घर पाल पनि भरियो ।
सैनिक गई राजालाई खबर गरियो ।।
काँ बाट यतिका जन्ती अघिसम्म थिएन ।
कति जन्ती बाहिर छन् नगएर भएन ।।
ब¥याँती भएको ठाउँमा राजा स्वयं गए ।
यति ठुलो जन्ती देखि अच्चमित भए ।।
मुनिले शुक्र र शनि बच्चा बनाइदिए ।
शनि शुक्र जोर जोरले दुबै रुँदै थिए ।।
राजा गई साधुको नजिक रुने कारण सोधे ।
बच्चालाई चुप लाउने कुनै कार्य सोचे ।।
यी बच्चा भोकले राजन् ! जोरले रुँदैछन् ।
भोक प्यासले च्यापिल्याउँदा कमजोर हुँदैछन् ।।
राजाले भनेर सैनिकले भोजन गृह लगे ।
बच्चाको कमाल देखी सैनिक चकित भए ।।
सबै भोजन खाइसके अझ कराउँदै छन् ।
काँबाट खाना दिऊँ भनी भान्से डराउँदै छन् ।।
सैनिकले सम्पूर्ण हाल राजालाई भने ।
भान्सामा एक टुक्रा छैन राजा चकित बने ।।
राजाको अहङ्कार टुट्यो साधु समीप गए ।
साधुको चरण परी साह्रै नम्र भए ।।
साधुको चरण परी राजा भन्न लागे ।
मुनिवर ! बचाऊ लाज आशीर्वाद मागे ।।
साधु बोले निकै होला चिन्ता कम गर ।
दरबार गई ब¥याँतीको अगुवाइ भर ।।
सबै घर फेरि सजाई बेउली जस्तै बनाई ।
फटाफट काम गरे सबैलाई मनाई ।।
सोमनाथ बग्गी चढी बेउला बनी आए ।
बाजागाजा ब¥याँतीलाई आफ्नो साथ ल्याए ।।
सोमनाथ देखिन लागे राजकुमार जस्तै ।
बाजागाजा नाचगान जन्ती थिए मस्तै ।।
सोमनाथको पकडीलाई चन्द्रसूर्य सजाई ।
ब¥याँती नाच्नमा मस्त बाजागाजा बजाई ।।
सोमनाथ रथमा बसी दरबारतिर गए ।
बेउला देखी नगरवासी साह्रै चकित भए ।।
क्यै ब¥याँती मुद्रा लिई यता उता फाल्थे ।
नगरवासी खुसी भई पूmलको माला हाल्थे ।।
बेउला देखी नगरवासी यस्को भाग्य हेर ।
शिवकथा वाचन गथ्र्यो केही गएन खेर ।।
चन्द्रसूर्य पकडीमा पैसा छर्दै छन् ।
ब्यान्डबाजा अनेक नाच कस्तो गर्दै छन् ।।
देखेनाँै हामीले क्वै यस्तो ब¥याँती अघि ।
नदेख्याँै यस्तो ब¥याँती अधि न त उमिद पछि ।।
यस्तो सुनी गौरीमाता शिवजीलाई भन्छिन् ।
हजुरको कृपा भए सबै धनी बन्छन् ।।
भाग्यको उघ्रिन्छ ढोका मनकाङ्क्षे पूरा हुन्छ ।
धनधान्य परिपूर्ण निकै सुखी बन्छ ।।
हे देवी ! जो पूजा गर्छन् उनलाई फल दिन्छु ।
भक्तजनका दुःख दर्द आपूm जिम्मा लिन्छु ।।
दुःख भोग्छन् जबसम्म पाप नष्ट हुन्न ।
पाप कर्म नष्ट भए पाउँछ धनी बन्न ।।
पुण्य भाग्य उदयले बन्द ढोका खुल्छन् ।
भाग्यको उदय भई सबै कष्ट भुल्छन् ।।
भक्तले अवश्य पाउँछ आफ्नो भक्तिफल ।
शिवलोक प्राप्त गर्छ त्यही शक्तिका बल ।।
राजकुमारी सोमनाथको विवाह भयो पूरा ।
दुलही पाल्कीमा राखी गए आफ्नो घर ।।
शिव पार्वती कृपा पाई सोमनाथ धनी बने ।
शिवपूजा सुरु गरौँ श्रीमतीलाई भने ।।
क्यै कुराको कमी थेन सोमनाथका घर ।
जीवन सारा अर्पण गरे शिवजीका भर ।।
सोमनाथकी आमा पनि फेरि व्रत बसिन् ।
गरिबलाई प्रतिदिन धन वाँड्न पसिन् ।।
व्रत पनि बस्न थाले कथा श्रवण पनि ।
भजन कीर्तन सधैँ गर्थिन् जय शम्भो ! भनी ।।
शिवको पूजा गर्ने कन्या राम्रो वर पाउँछे ।
धनधान्य परिपूर्ण सम्पन्न भई आउँछे ।।
कम्तीमा साउनमा एक दिन शिवको कथा सुनोस् ।
श्रद्धाभाव शुद्व मनले जय शम्भो ! भनोस् ।।
दुःख दर्द रोग व्यथा चाँडै टाढा भाग्छन् ।
परिवार सुख शान्ति जब भक्ति राख्छन् ।।
एक दिन अवश्य सुनौं शिवजीको कथा ।
धनधान्य सुख पाउँछन् भाग्छन् सबै व्यथा ।।
दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...