२०८३ कार्तिक ८, शनिबार
October 24, 2026, Saturday

सरकारको कर्तव्य र उतरदायित्व

धनुष बोगटी

विश्वमा कोरोना भाइरसको कारणले गर्दा मान्छेहरु मर्नेको संख्या दिनप्रतिदिन बढिरहेको छ । दिनप्रतिदिन भाइरस बाट मर्नेको संख्या बढ्दै जादा सम्पुर्ण विश्व नै चकित परेको छ । सम्पुर्ण विश्व नै पुर्णरुपले ठप्प भएको सम्भवत मानव जातिको इतिहासमा पहिलो पटक हो । यश बाट विश्वलाइ भएको क्षतीको आर्थिक मुल्यांक असम्भव छ । अहिले नेपालमा पनि दिनप्रतिदिन संक्रमीत र मर्नेको संख्या बढिरहेको छ । विश्वनै लकडाउनमा ( बन्दाबन्दी ) भएका बेला नेपालले पनि अझै जेठ २० गते सम्मको लागि लकडाउन थपिएको छ । एउटा भनाइ छ दु:ख को बेला आफ्नाहरु पनि पराइ हुन्छन भन्छन साचिकै रहेछ । त्यस्तै नेपालको र बिदेशमा बस्दै आएका नेपालीहरुको अबस्था पनि केही हद सम्म यस्तै छ । अहिले नेपाल कोरोना महामारी र सिमा विवादको समस्या बाट गुज्रिरहेको छ । वर्ष पिच्छे भारतले गरेको सिमा विवादमा अहिले पनि नेपाल त्यही विवादलाइ लिएर नेपाल सरकार आलोचनाको सरकार बन्दै आएको छ ।

यसै सन्दर्भमा नेपालमा पनि कोरोना महामारी पछि स्वदेश तथा बिदेशमा बस्दै आएका नेपाली दाजुभाइहरुले विभिन्न समस्या खेप्दै आइरहेका छन । नेपालले पनि देशको आर्थिक स्थितिलाई मध्यनजर राख्दै पुन: त्यही स्थिति सुचारु गर्नको लागि सरकारले विभिन्न योजना तथा रणनीति अपनाइरहेको छ । नेपाल बाट वैदेशिक रोजगारीको लागी देश छोडेर बाहिर गएका युवाहरूलाई स्वदेश फर्काउनका लागि सरकारले के कस्तो व्यवस्था गरिरहेको छ ? के कस्ता रणनीति अपनाउनु पर्ला ? अनि कसरी स्वदेश लाउन सकियला ? आदि प्रश्नहरुको जवाफ सरकारले दिनुछ ।

नेपाल सरकारले आफ्नो कुर्ची बचाउनको लागि चिन्ता लिएर भएन देशका जनताहरुको पनि चिन्ता लिनुपर्दछ । बर्सेनि लाखौ देशवासी बाहिरिएको खबर हामिले समाचार वा रेडियोमा सुन्दै आइरहेका छौ । यसरी आफ्नै दाजुभाइ विदेशिदा नया युवाहरूलाई पनि डर लाग्छ भोलि गएर हामिहरुले पनि जेजती पढे पनि आखिरमा गन्तव्य बिदेशको हो । म पनि अहिले घरभन्दा बाहिर पढ्नको लागि काठमाडौ बस्दै आएको छु । मत आफ्नै देशको भुमी भित्र हुदा पनि मलाइ भोलि के खाने, कस्तो खाने र अनि खाना सकिए पछि कहाँबाट भन्ने चिन्ता हुन्छ । सोच्नुहोसकी देश छोडेर बाहिर गएका नेपालिहरुलाइ अर्काको देशमा जब खल्तिमा पैसा अनि नौकरी हुदैन त्यसपछि कस्तोहोला ।

सरकारले भारत बाहेक अन्य देशहरुमा बस्ने नेपालीलाइ प्लेन चार्टर्ड गरेर देश भित्र्याउन सकिन्छ भने भारतमा भएका नेपालिलाई किन ल्याउन सकिन्न ? भारतमा बस्दै आएका नेपाली भाइ हिक्मत चन्द भन्छन यहाँ खान लाउनलाइ समस्या छ । यहाको सरकारले अहिले सम्म केहि राहत पनि दिएको छैन । राहत पनि जो सग भारतिय रासन कार्ड र आधार कार्ड भएको लाई मात्र मोल्दो रहेछ । अहिले सम्मत आफ्नै पैसाले खाइरहेका छौ अब खानेकुरा सकेपछी के गर्ने हो भन्ने थाहा छैन । काम गर्ने ठाउँ बाट पनि काम गरेको पैसा दिदैनन अनि काम गर्ने कम्पनी र होटेल सबै बन्द छन अब हामिले के गर्ने भन्नेनी थाहा छैन कति पय नेपालिहरु खान नपाएर आत्महत्या गर्न बाध्य भएका छन ।

यहि कुरालाइ मध्यनजर राख्दै नेपाल सरकारले भारतमा बस्दै आएका नेपाली हरुलाइ घर फर्काउन सक्दछ । बिदेशमा बस्दै आएका नेपाली दाजुभाइहरुको कारणले गर्दा देशको अर्थतन्त्र चलिरहेको छ । यदि यो परिस्थितिको बारेमा सरकारले संवेदनशिल हुन सकेन भने देश भित्रका युवा अथवा जनताहरुले नया कदम बाध्य हुनेछन । सिमामा पुगेकालाइ देश आउन नदिने सरकारले समुन्द्र पारिका नागरिकको उद्धार गर्ला भनी कसरी पत्याउने । भारतमा बस्ने दाजुभाइहरु आफ्नै खर्चमा सिमामा आएर पिडादायी जीवन बिताइरहेका नेपालिलाइ आफ्नो देश आउन नदिएर सरकारले अन्याय गरिरहेको बताउछन । चिनबाट त्यति धेरै ठूलो लगानी गरेर नेपाली जनतालाइ ल्याउने सरकार किन आज भारतबाट आफ्नै खर्चमा घर फर्केका नेपाली दाजुभाइहरु जो परिवार र बालबच्चाहरुका साथ सिमानामा आइपुगेका र अत्यन्त पीडा र अपमानित छन । भारतमा नेपालको जनसंख्याको ५-७ मिलियन नेपाली बस्दै आउनुभएको छ । भारत सरकारले उनिहरुलाइ उनिहरु बसेको ठाउबाट उठायर बोर्डरमा छोडिरहेको छ । किन त्यता नेपाल सरकारको ध्यान गइरहेको छैन ? कोरोना भाइरस महामारीका कारण वैदेशिक रोजगारिको प्रमुख गन्तव्य मानियका मलेसिया, कतार, कुवेत, साउदी अरब, बहराइन, ओमन र दुबै मुलुक बाट ४ लाख भन्दा बढी नागरिकलाई नेपाल सरकारले स्वदेश फर्काउने कार्ययोजना तयार गरिरहेको छ । मलेसियामबाट ३७०००, कतार १४५०००, साउदी अरब १२००००, दुबै ६७०००, कुबेत २४०००, बहराइन १०५००० र ओमन बाट ३५०० नागरिकलाई नेपाल फर्काउने कार्ययोजना बनाइ रहेको छ ।

अनि यी सात देशबाट नेपाली फर्काउन प्लेन चार्टर्ड गरेर देश फर्काउन सकिन्छ भने पछि भारतमा बस्दै आएका नेपालिहरुको लागि प्लेन चार्टर्ड र सरकारले खर्च पनि गर्नु पर्दैन । सरकारले कसैलाइ काखा र कसैलाइ पाखा किन गरिरहेको छ ? यस्तै पनि नेपाल भारत सिमा विवादको कारणले गदा त्यहा बस्ने नेपालिहरुले कती दु:ख खेपी राख्नु भएको होला । अनि किन सरकारले आफ्नो नागरिकलाई देश फर्काउन आनाकानी गरिरहेको छ ? बिदेशमा बस्दै आएका सम्पुर्ण नेपाली नागरिकलाइ स्वदेश फर्कायर स्वदेशी रोजगार मुलक तालिम दिएर स्वदेशी रोजगारी सृजना गर्न सकिन्छ । यति बेला सरकारले यहि कुरालाइ मनन गरेपछी हाम्रो देश केही वर्ष पछि विश्वको विकसित रास्ट्रहरुको सुचिमा हुन्छ । बिदेशमा बस्दै आएका नेपाली नागरिकले बिदेशमा सिकेको सिपलाइ आफ्नै देशमा सदुपयोग गर्न सकिन्छ ।

Top of Form


Top of Form


Top of Form


Top of Form


Related News

Ecological Transformation for the Holistic Development and Improving Livelihood of Chinese People
Ecological Transformation for the Holistic Development and Improving Livelihood of Chinese People
  • २०७७ जेष्ठ ८

Ms. Kusum KC The seminar on “Biodiversity Conservation for Belt...

TOP