२०८१ बैशाख १४, शुक्रबार
April 26, 2024, Friday

मिसन बैशाख ३० : आदर्शमा अपेक्षित नेतृत्व

विजयराज ओझा- विसं २०७४ सालमा  भएको पहिलो स्थानीय तहको निर्वाचनमा हामीले आदर्शमा ३७ जना प्रत्यक्षरुपमा जनप्रतिनिधि चयन गर्यौं। त्यस निर्वाचनको मुख्य काम नेपालको संविधान २०७२ लाई कार्यान्वयन गर्ने तथा संघीय गणतन्त्रलाई संस्थागत गर्ने थियो  त्यससँगै जनताका आधारभूत आवश्यकतालाई सम्बोधन गर्ने थियो। पहिलो निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिहरुको यो पहिलो आफ्नो कार्यकाल अवधिभर केही राम्रो गर्ने प्रयत्‍न रह्यो र राम्रो  अनुभव सङ्गाल्ने एउटा अवसर पाउनुभयो। उहाँहरु सफल कि असफल राम्रो गर्न सके कि सकेन त्यसका लागि आउने वैशाख ३० गते हुने निर्वाचनले फैसला गर्नेछ। 

धेरै स्रोतशाधन परिचालन गर्नुपर्नेमा त्यसका बाबजुद्  स्थानीय सरकार सञ्‍चालन गर्ने व्यक्तिहरुले आफ्नो जिम्मेवारी, भुमिका पुर्णरुपमा नबुझ्नु, नबुझाउनु, स्थानीय, प्रदेश र संघ बिच सही तरिकाले समन्वयको अभाव हुनु आदिले पनि स्थानीय तहले गर्ने  काममा निपुर्णता नभएको हुनसक्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा स्थानीय गतिविधिलाई कसरी शुशासन युक्त बनाउन सकिन्छ भन्ने कुरा हो ? आदर्श सरकार प्रमुख तथा उसको मातहतका सम्पुर्ण पदाधिकारी तथा कर्मचारीहरुले सुशासन कायम गर्न सके मात्रै  आदर्शको विकासले अपेक्षित लक्ष्य प्राप्त गर्न सक्छ। समाजका सिमान्तकृत र अल्पसंख्यकको प्रतिनिधित्व बढेको छ। स्थानीय तहमा धेरै कच्ची बाटा बनेका छन्। यसलाई व्यवस्थित गर्न पनि ठूलो चुनौती छ भने केही ठाउँबाहेक धेरै भागमा बिजुलीको पहुँच पनि बढेको छ। बाँकी ठाउमा पुर्‍याउनु पर्नेछ।

२०७४ सालमा ३ चरणमा निर्वाचन गरे पनि अहिले नेपाल सरकारले  यही २०७९ साल वैशाख ३० गते नै सम्पूर्ण ७५३ स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरे पश्चात् अहिले आदर्शका ७ वटै वडा लगायत सबै ठाउँमा स्थानीय निर्वाचनको चहलपहल बढदो छ। आदर्शमा रहेका पार्टीहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका पार्टीको तर्फबाट धेरै जनाले दाबेदारी प्रस्तुत गरिरहेका छन्। पार्टीहरु कसलाई उम्मेदवार उठाउने भनेर छनोटको प्रक्रियामा छन् र छिट्टै नै उम्मेदवारहरु घोषणा गर्दैछन्। तर संविधानको मर्मअनुसार स्थानीय सरकारले गर्ने काम कर्तव्य अधिकारलाई व्यवस्थित तरिकाले सम्पन्‍न गर्न र स्थानीय जनताहरुलाई सम्पुर्ण सुविधाको सुनिश्‍चित गर्न कस्तो जनप्रतिनिधि आवश्यक छ भनेर युवाहरुले बहस चलाउन जरुरी छ। के-कस्तो व्यक्तिले स्थानीय सरकार कुशलतापुर्वक अगाडि बढाउन सक्छ, त्यो व्यक्तिको विगत, वर्तमान र भविष्यलाई बुझ्‍न र बहसमा ल्याउन जरुरी छ।

स्थानीय निर्वाचन मार्फत निर्वाचित जनप्रतिनिधिले विभिन्न क्षेत्र जस्तै: स्वास्थ, शिक्षा, कृषि, पर्यटन, उद्योग, स्थानीय स्रोत, साधनको सदुपयोग, स्थानीय सम्पदाको संरक्षण तथा प्रबर्द्धन गरि स्थानीय अभिभावबको भूमिका निर्वाह गर्नुपर्ने अहिलेको आवश्यकता छ। सर्वप्रथम कुशल नेतृत्वकर्ताले संविधान अनुरुप स्थानीय तहले के-कस्ता कामहरू गर्न सक्छ भन्‍ने कुरा बुझ्‍न र जानकारी लिनु अनिवार्य हुन्छ त्यसपछि सोही अनुरुप  योजना नीतिनिर्माण तथा कार्यान्वयन गर्न सहज हुन्छ।

स्थानीय सरकारले मुख्यतया :

क) शासकीय व्यवस्था एवंम् सुशासन अन्तर्गत स्थानीय सुशासन र सेवा प्रवाह गर्ने,

ख) अर्थ अन्तर्गत स्थानीय योजना, कर एवंम् वित्त व्यवस्थापन तथा सहि तरिकाले सदुपयोग तथा सञ्‍चालन गर्ने,

ग) उद्योग वाणिज्य आपूर्ति अन्तर्गत उधमशिलता, ब्यबसायिक सीप बिकास गर्ने, लघु , घरेलु तथा साना उद्योगको निर्माणको लागि बाताबरण सृजना गरि तिनीहरुको प्रबर्द्धन र बिकास गर्ने, बजार अनुगमन गर्ने, आम उपभोक्ताहरुको हत हितको विषयमा जनचेतनामुलक अभियानहरु संचालन गर्ने आदि,

घ) उर्जा जलस्रोत तथा सिचाइ अन्तर्गत ग्रामीण जलस्रोतको ब्यबस्थापन, 3 मेगावाट क्षमता सम्मका जलविद्युत आयोजना निर्माण , सोही क्षमताका सौर्य उर्जा आयोजना संचालन गर्ने, साना जलस्रोत संरचनाको पुनर्निर्माण, पुनरस्थापन, मर्मत सम्भार तथा ब्यबस्थापन , ग्रामीण तथा सामुदायिक बिधुतिकरण, स्थानीय खोला नियन्त्रण, बाढी पहिरो रोकथाम , घरेलु तथा सामुदायिक बायोग्यास प्रणालीको बिकाश गर्ने आदि,

ङ) कानुन, न्याय तथा संसदिय मामिला अन्तर्गत स्थानीय सरकारका जनप्रतिनिधिहरुको न्याय सम्पादन सङ्ग सम्बन्धि तालीमहरु आयोजना गर्ने, कानुनी शिक्षा सचेतनाका कार्यक्रमहरु, स्थानीय मेलमिलाप तथा मध्यस्थताका कामहरु, स्थानीय कानुनको निर्माण तथा कार्यान्वयन आदि,

च) कृषि तथा पशुपन्छी बिकास अन्तर्गत कृषि तथा पशुपन्छी उत्पादन अभिबृदी गर्ने कार्यहरु, कृषी तथा पशु प्रसार सम्बन्धि कार्यहरु, कृषि क्षेत्रको ब्याबसायिककरण बजारीकरण तथा औद्योगिकरण आदि अभियानहरु संचालन गर्ने र उचित बाताबरण मिलाउने,

छ) भुमि व्यवस्था, सहरी तथा गरिबी निवारणसम्बन्धी कार्यहरुमा राष्ट्रियस्तरमा प्रभाव नपर्ने स्थानीय नाप, नक्सा, सिमा नापी आदि कार्य गर्ने, मुक्त कमैया, हलिया लगायत गरीब लक्ष्यित कार्यक्रमहरु संचालन गर्ने, गूठीकोष तथा ट्रस्टहरुको ब्यबस्थापन गर्ने आदि

ज) खानेपानी अन्तर्गत आधारभूत खानेपानी आयोजनाको निर्माण, बितरण तथा अनुगमन गर्ने, आम मानिसलाई स्वस्थ सर्बसुलभ खानेपानीको ब्यबस्थापन गर्ने, ग्रामीण खानेपानी, सरसफाइ तथा फोहोर मैला ब्यबस्थापन आदि,

झ) गृह अन्तर्गत मानव बेचबिखन, लागु औषध कारोबार सम्बन्धि घटना नियन्त्रण गर्ने, तथा सचेतनाका कार्यक्रमहरु संचालन गर्ने, आवस्यक परेमा नगर प्रहरी नियुक्ति गरि उचित काममा लगाउने, स्थानीय शान्ति  कायम गर्ने समिति निर्माण तथा अभियान चाल्ने, विभिन्न बिपत ब्यबस्थापन सम्बन्धि कार्यहरू आदि,

ञ) खेलकुद अन्तर्गत स्थानीय युवा जागरण तथा शशक्तिकरण सम्बन्धि कार्यहरु, युवा लक्षित उधमशिलता तथा नेतृत्व बिकास सम्बन्धि तालीमहरु, स्थानीय स्तरमा खेलकुद बिकास तथा पुर्बाधार निर्माण तथा विभिन्न खेलकुद कार्यक्रम आयोजना गरि खेल क्षेत्रलाइ प्रबर्द्धन गर्ने आदि,

ट) भौतिक पुर्बाधार तथा यातायात अन्तर्गत स्थानीय सडक तथा सामुदायिक पुर्बाधारको  बिकाश तथा बिस्तार , ग्रामीण सडक तथा यातायात नीति , अनुमती , नियमन तथा ब्यबस्थापन सम्बन्धि कार्यहरू , स्थानीय सडक निर्माण , स्तरउन्नोती तथा सडक सुरक्षा सम्बन्धि कार्यहरु गर्ने आदि,

ठ) महिला, बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धि कार्यहरुमा स्थानीय स्तरका महिला बिकास कार्यक्रमहरु , सचेतनाका कार्यक्रमहरु, तालीमहरु, सामाजिक सुरक्षा, संरक्षण प्राप्त गर्ने परिचयपत्र बितरण , बालसोशण मुक्त समाज निर्माण आदि कार्यहरु गर्ने,

ड) शिक्षा अन्तर्गत अनौपचारिक शिक्षा, शाक्षरताका कार्यक्रमहरु, बालबिकाश कार्यक्रम, शैक्षिक तथ्यांक र अभिलेख ब्यबस्थापन , गरिब , द्वन्दपीडितहरुको लागि शिक्षाको ब्यबस्थापन , विभिन्न छात्रवृत्तिका आदि कार्यक्रमहरु, शिक्षकलाइ विभिन्न विषयगत तालीमहरु, प्रशिक्षणहरु आयोजना गर्ने आदि त्यतिमात्र नभयर स्थानीय स्रोतसाधनलाइ सहि तरिकाले सदुपयोग गर्ने गरि विभिन्न योजना तर्जुमा गरि कार्यान्वयन गर्ने, स्थानीय स्तरमा विभिन्न स्वरोजगारका कार्यक्रमहरु संचालन गर्ने,स्थानीय राम्रा ठाउँहरुलाइ संरक्षण गरि तिनीहरुको पुनः निर्माण गर्ने, प्रबन्धन गर्दै पर्यटन ब्यबशायलाई प्रमोसन गर्ने आदि  सबैभन्दा महत्त्वपूर्ण कार्य भनेको शुशासन कायम गर्ने आदि कार्यहरु स्थानीय सरकार प्रमुख तथा उसको मातहतका सम्पुर्ण बडिले गर्नुपर्ने हुन्छ।

स्थानीय प्रमुख तथा वडा प्रमुखको जिम्मेवारी लिन खोज्‍ने व्यक्ति सर्वप्रथम त स्वच्छ छविको हुनु अनिवार्य हुन्छ। स्पष्ट भिजन भएको, सबैसँग संयोजन गर्न सक्ने, सबैलाई सम्मान गर्दै  मिलाएर अघि बढन सक्ने, विभिन्न क्षेत्रको ज्ञान, अनुभव प्राप्त, जिम्मेवारी प्रति इमानदारीता, म होईन हामी हौ भन्ने भावना भएको, स्पष्ट वक्ता, अहिलेसम्म कुनै विवादमा नपरेको,  सरल जीवम शैली अपनाउने, निरोगी, आम जनतालाइ शिरमा राखेर जनताप्रति सदैब बफादार बन्न सक्ने, समय-समाज बुझेको ब्यक्ती नै वडा तथा स्थानीय सरकारको प्रमुख हुनुपर्छ। तबमात्र हामीले सोचेको आदर्श बन्‍नेछ, बनाउन सक्छौं र हामी सबै आदर्श वासिन्दाको भलो हुन्छ।

लेखक नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा आदर्श गाउँपालिकाको अध्यक्षका आकांक्षी उमेदवार हुन् ।

Related News

एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
  • २०७८ चैत्र ३०

काठमाडौं- सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर...

TOP