-करन साउद
केही महिना अगाडि चिनको हुवान प्रान्त बाट महामारिको रूपमा फैलिएको कोरेना भाईरसले यतिखेर पुरै बिश्वलाई हल्लाएको छ।चिनको ठुलो कडिमेहनत अनि प्रबिधिले गर्दा चिनमा कोरेना भाईरस कम भए पनि बिश्वका हरेक राष्ट्रमा १५० देशमा महामारिको रुप लिएको छ।तसर्थ यो संकटको घडिमा हामी सबैले आफुले जाने बुझेको र अनुभव भएका सबै कुराहरु एक अर्कालाई बुझाउने सल्लाह सुझाब दिने र भाईरस बाट जोगिने कार्य गर्नु नै महानता बनेको छ।
विश्व नै चिन्तित र त्रासपुर्ण भएको यश घडीमा हरेक राष्ट्रले कोरेना भाईरस संग युद्ध लड्ने प्रयत्न गरिरहेका छन् ।संसारका अधिक भन्दा बढी राष्ट्रमा छोटो समयमा ठुलो आकार लिएर फैलिएको कोरेनाले गर्दा आज विश्व नै चिन्तित र आर्थिक संकटमा फसेको छ। अर्कोतिर कोरेनाले ज्यान नै लिने खतराले हरेक देशका नागरिकमा त्रासपुर्ण भावना उत्पन्न भएको छ।चीन अमेरिका ईटली लगायत बिश्वका अति बिकसित देशमा कोरेना कै कारण हजारौं नागरिकको मृत्यु भैसकेको छ भने लाखौ ब्यक्तिहरु संक्रमित भएर कोरेनाको चपेटामा परेका छन् ।
भारत पनि कोरेना भाईरसको उच्च जोखिममा रहेको पुष्टि भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदिले 22 मार्च 2020 देखि 31 मार्च सम्म पहिलो चरणको भारत बन्दको आव्हान गरिएको थियो भने 24 मार्च 2020 देखि 14 अप्रेल सम्मको लागि फेरि भारत पुर्ण रूपमा बन्दको घोषणा गरिएको छ।यसका साथ साथै भारतका हरेक राज्यले कोरेना भाईरस लाई न्यून गर्नको लागि आ आफ्नो राज्य लाई पुर्ण रुपले बन्देज गर्दै कर्फ्यु जारी गरेको छ।
भारतमा कोरेनाको प्रभाव अथवा भारत बन्दको प्रभाव भारतीय नागरिकमा मात्र होईन भारतमा रोजगारी गरिरहेका हरेक देश बाट आएका नागरिकहरुलाई झन ठुलो समस्या देखिएको छ।करिब 40/50 लाखको हाराहारीमा भारतमा रोजगारी गर्दै आएका नेपाली नागरिकहरु निकै चिन्तित बनेका छन् ।भारतमा कोरेना भाईरस संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि कोरेनाको डर त्रासले स्वदेश फर्किने नेपालीहरुको ठुलो चाप देखिएको छ भने कयौ नेपालीहरु नेपाल जान नपाएर दुखेसो पनि पोखिरहेका छन् ।
लाखौको संख्यामा होटेल रेस्टुरेन्टमा काम गर्ने नेपालिहरु कोरेनाका कै कारण ब्यापार ब्यबसायहरु बन्द भएपछि काम बाट हट्नु परेको र भारत बन्दले गर्दा ठुलो समस्या उत्पन्न भएको देखिन्छ।भारतले बन्दका सूचनाहरु जारी गर्दागर्दै भारत बाट नेपाल जाने कयौ नेपालीहरु भारतको मथुरा गड्डाचौकि गौरिफण्टा नाका र दिल्लीमा हजारौंको संख्यामा अलपत्र परेका थिए भने नेपाली राजदुतबाँस नेपाली जनसम्पर्क समिती सुदुर पश्चिमेलि नेपाली समाज लगायत अन्य संघ संस्था तथा समाज सेविहरुको अथक प्रयास पछि नेपाल पठाउन सफल भएका थिए।
भारत बाट नेपाल भित्रीने नेपालीहरुको संख्या निकै वृद्धि भएको देखिन्छ । भारत बाट नेपाल भित्रीने नेपालीहरु बाट नै कोरेना भाईरस नेपाल आउने सम्भावना बढी भएका कारण नै नेपाल सरकारले पनि 11 चैत्र 2076 देखि एक हप्ता सम्म पुरै नेपाल बन्दको घोषणा गरिएको थियो।भारतका हरेक ठाँउ र शहरका ठुलाठुला होटेल बन्द भएका कारण नै बढी नेपालीहरु काम बाट निस्किनु परेको थियो भने अफिस र कम्पनीमा काम गर्नेहरुले पनि काम बाट हात धुनु परेको थियो।काम बाट निकालिएका तथा काम बन्द भएर कोठा मै बस्नु परेका अधिक नेपालीहरुले दोस्रो चरणको भारत बन्दको घोषणा सुनेर झन चिन्तित बनेका छन् भने कयौले आफुले काम गर्ने साहु बाट तलब पनि नपाएको गुनासो पोखेका छन।
स्वदेश फर्किने बाताबरण पनि छैन यता बसेर बाहिर जान सक्ने अवस्था पनि छैन एक महिना सम्म खाने चावल दाल तेल साबुन तरकारी लगायत अन्य खाने कुराहरु पुर्णरुपमा कोठामा नभरेको र समस्या हुन सक्ने भन्दै मुम्बई थाणा बाट शेर ब साउद मुम्बई माहिम बाट लाल ब साउद मुम्बई माहिम बाट जय आउजी मुम्बई दादर बाट बिरेन्द्र साउद टेक ब साउद मुम्बई पनवेल बाट चक्र साउद र मुम्बई भयान्दर बाट लाल ब नेपालीले निकै दुखेसो पोखेका थिए।यो दु:खद घडिमा सबैले धैर्यता अपनाएर कोरेना बाट वच्न सक्ने उपायहरु अपनाएर जो जहाँ जुन अवस्थामा छौ त्यही अवस्थामा सुरक्षीत संग बस्न नआत्तिन नेपाली राजदुतावास प्रवासमा भएका थुप्रै संघ संगठनहरुले सबैलाई सल्लाह सुझाव पनि दिदै आएका छन् ।
तसर्थ यो ठुलो संकटमा हामिले आफुले गर्न सक्ने कार्य आफ्नो जिम्मेवारी भित्रका कुराहरु स्वयंम आफैले गर्ने दायित्व भएको कारण सबैले कोरेना बाट बच्न सक्ने उपायहरु अपनाउन नभुलौ आफुले जाने बुझेको जानकारी भएको अनुभवहरु सबैलाई बाडौ प्रवासमा भएका हरेक नेपाली माथी आउने समस्याहरु माथी सबै मिलेर सहयोग गर्दै हातेमालो गरौ समस्या समाधानका बाटाहरु खोजौ कोरेना सम्बन्धिका हरेक उपायहरु आफू पनि अपनाऔ र अरुलाई पनि अपनाउन लगाएर आफू पनि बचौ र अरुलाई पनि बचाउ।
दिपायल – साउनको सुरुवातसंगै अहिले अधिकाशं महिलाका हातमा मेहन्दी र...