२०८३ कार्तिक ८, शनिबार
October 24, 2026, Saturday

कोरोनाले राखे पहिलेझै फेरि भेटौला साथी

यतिखेर विश्वव्यापी महामारिको रुपमा फैलिएको (covid-19) नयाँ भेरियन्टले विश्वभरी नै आतंक मच्चाएको छ।

पहिलो चरणको भन्दा पनि झन खतरनाकको रुपमा दोस्रो लहरले मानवीय क्षती र भयावह रुप लिदैछ साथी। करोडौंको संख्यामा विश्वभरी संक्रमित छन भने लाखौको मृत्यु भैसकेको छ। जुन कोरोना भाइरसको नया संक्रात्मकको प्रकारलाइ लिएर यतिबेला अन्तर्राष्ट्रिय जगत नै चिन्तित बनेको छ, विभिन्न यात्रामा प्रतिबन्ध लगाइएको छ।

साथी कोरोना भाइरसको दोस्रो लहर अहिले नेपालमा पनि सबै भन्दा उच्च रहेको छ। नेपालका ७७ वटै जिल्लामा यतिबेला निकै सनत्रासले भाइरस छाएको छ। विभिन्न शैक्षिक संस्था, सरकारी गैर सरकारी कार्यालयहरु लगाएत सबैमा निषेधित लगाइएको छ।

दिनप्रतिदिन मान्छेको मृत्यु भैरहेको छ । एउटै घरका 2/3 जनाको समेत कोरोनाको कारण ज्यान गैरहेको छ साथी । विभिन्न अस्पताल आइस्युलेसनहरुमा बिरामिको चाप बढिरहेको छ , दिन रात न भनी भोक प्यास नभनी आफ्नु जिबनको प्रवाह नगरी डाक्टर ,नर्सहरु स्वास्थसेवामा अहोरात्र खटिरहनु भएको छ।

तर पनि स्थिति झन्झन् भयावहको बिकारल रुप लिइरहेको छ। देश बिदेश बाट अक्सिजन सिलिन्डर नेपाल भित्ररहेको छ तर पनि अस्पतालहरुमा अक्सिजन को कमिले धेरैले ज्यान गुमाउन परिरहेको छ। अक्सिजन नपाएर छट्पटी रहेकाछन, जुन परिस्थिति हेर्दा लाग्छ साथी यो स्थिति केही दिन केही महिना केही बर्ष रहिरहने हो भने तिमी हामी सबै यसबाट अछुतो पक्कै रहने छैनौ साथी।

अझै भन्छु यस्तो अवस्था आइहाल्यो भने कोइहिपनी नदराउनु आत्मबल बढाउनु मनोबल नघटाउनु जसरी पनि यसलाइ जित्छु भन्ने अठोट गर्नु ,केही हुदैन साथी तिमिलाइ एउटा कोरोनालाइ जित्नु पर्छ तिमीले ल। के थाहा भोलि यसको बिकारलको असर मलाई पनि नहोला अर्थात न होला भन्न सकिन्न त्यतिकेर मलाइ तिम्रो माया ममता, हौसलाको अपेक्षा हुनेछ साथी। यो जुन लडाइँ छ नि covid सङ्गको तिमी हामी जतिपनी यसको चपेटामा पर्नु भएको छ पराजय हुनुहुदैन यदी हामिनै पराजय भयौ भने भोलि हाम्रो घरपरिवार साथीहरू यसबाट हार मान्ने छन्। त्यसैले जसरी भए पनि तिम्ले यो कोरोना सङ्गको युद्ध जित्नै पर्छ साथी ताकी भोलि यसको लडाइँ जो कोहिले पनि सजिलै जित्नसकुन कसैका नानी बाबू टुहुरा नहुन कोइ कसैको जिउने आधार न टुटोस। उहाहरुमा हौसला आओस् मनोबल नघटोस कोरोना सामन्य रुगा खोकी जस्तै रैछ भन्ने सकारात्मक सोच आवोस । साथी तिमिले कोरोनालाइ जितेर आएपछि र यो स्थिति कम भयो भने तिम्रो र मेरो भेट अवस्थ हुने छ है म प्रतीक्षामा छु त्यो दिनको ।यो कुरा तिमिलाइ मात्र नभइ तिमी जस्तै धेरै जना कोरोना भाइरस सङ्ग भिन्न आइस्युलेन्सनमा, अस्पतालको सैयामा लडिरहेका छन उहाहरुलाइ पनि हौसला प्रदान गरिरहेकी छु।

भगवान सङ्ग प्राथना गर्छु कि उहाहरु सबैकी रक्षा गर्नु भनेर , भोलि तिमी हामी जस्तै अरुले पनि जीवन रक्षाको लागि भगवान सङ्ग प्राथना गर्नेछन साथी । लेख्दा लेख्दै यति भन्छु पिर्य साथी लगायत सम्पुर्ण आमा बुवा, दाजुभाइ ,दिदीबहिनी सबै जाना आफ्नु स्वास्थको ख्याल गर्नु होला जुन नेपाल सरकारले स्वास्थ्यका मापदण्डहरु पालना गर्नु भनेको छ सबै पालना गर्नु।

अहिलेको समय भनेको आफुलाइ बचाउने समय हो , लापरबाही गरे भोलि कोरोनाले हामी सबैलाइ लग्ने छ । त्यसैले अहिले अत्यावश्यक काम बाहेक घर बाट बाहिर ननिस्किनु होला, माक्स, सेनिटाइजर, ग्लोब्स अनिवार्य प्रयोग गर्नु होला, सामाजिक दुरि कायम गर्नु होला, विशेष खानपानमा ध्यान पुर्याउनु होला सबैलाइ कोरोना सङ्ग जित्ने शक्ति प्रदान होस सबैको स्वास्थसिग्र लाभको कामना।

Related News

Ecological Transformation for the Holistic Development and Improving Livelihood of Chinese People
Ecological Transformation for the Holistic Development and Improving Livelihood of Chinese People
  • २०७८ बैशाख ३०

Ms. Kusum KC The seminar on “Biodiversity Conservation for Belt...

TOP