२०८१ मंसिर १८, मंगलवार
December 3, 2024, Tuesday

कार्यकक्षमा डोटीका शिक्षा अधिकारी मदिराले लट्ठ !

प्रकाश बम
डोटी फागुन ३०: जिल्ला शिक्षा विकास तथा समन्वय इकाई डोटीका प्रमुख रामदत्त जोशी शुक्रबार कार्यकक्षमै मदिरामा लट्ठीएको अवस्थामा भेटिएका छन्् । कार्यालय समयमा सेवाग्राही कार्यकक्ष पुग्दा उनी मदिराले लठ्ठीएको अवस्थामा थिए । जसको भिडियो ईरैवारले आफै कार्यकक्ष पुगेर संकलन गरेको छ ।


शुक्रबार दिउँसो १२ः३० बजेको समयमा एसइई परीक्षा तयारीका बारेमा रिपोर्टिङ्ग गर्न हामी त्यहाँ पुग्दा उनी बोल्न नसक्ने अवस्थामा थिए ।
‘आफ्नो खाने बानी परेको’ स्विकार्दै उनले आज(शुक्रबार) भने नखाएको बताउदै ‘बिहीबार साझा भर्जिन खाएको’ भन्दै टारेका थिए । यद्यपी उनी मदिराले लठ्ठीएको अवस्थामा थिए । हामीले संकलन गरेको भिडियोमा कार्यकक्षको आफ्नो कुर्चीबाट सोफामा सर्दा समेत धर्मराएको सहजै देख्न सकिन्छ । शुक्रबार उनी मात्र नभएर कार्यालय सहयोगी समेत मदिरा सेवन गरेको अवस्थामा कार्यालय समयमा भेटिएका थिए ।


कार्यालयमा दिनहुँजसो प्रमुख लगायतका कर्मचारी मदिरा सेवन गरेर आउने गरेको सेवाग्राहीहरुले दुखेसो पोखेका छन् । ‘यस्तो त यहाँ दिनहुँ हुन्छ,’ परिचय नखोल्ने शर्तमा एक सेवाग्राहीले भने,‘कैयौ पटक त दुव्र्यवहारै गरेर पठाईदिन्छन् ।’


कार्यलय समयमा मदिरा सेवन गरेर आउने गरेको जानकारी पटक–पटक आउने गरेको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल स्विकारे । ‘मौखिक स्पष्टिकरण सोध्दा अबदेखी नखाने भन्नुहुन्थ्यो,’ उनले भने । जोशीलाई तत्काल छानविन गरेर कार्बाही अघि बढाउन जिल्ला प्रहरी कार्यालय डोटीलाई निर्देशन गरिएको उनले बताए ।


जिल्ला प्रहरी कार्यालय डोटीको टोली जादा ढोका बन्द गरेर कोठा बसेका जोशीलाई पछि नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षण भईरहेको प्रहरीले जनाएको छ ।

Related News

उपनिर्वाचन : डोटीको पूर्वीचौकी – ६ मा कांग्रेसका थापा विजयी
उपनिर्वाचन : डोटीको पूर्वीचौकी – ६ मा कांग्रेसका थापा विजयी
  • २०७६ चैत्र २

दिपायल, मंसिर १६ गते । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका –...

TOP