२०८३ असार २, मंगलवार
June 16, 2026, Tuesday

कोरोनाको आशंकामा दुई जना महाकाली अस्पताल भर्ना

कञ्चनपुर- भारतबाट फर्किँदै गरेका २ जनामा कोरोना संक्रमणको आशंकामा महाकाली अञ्चल अस्पतालमा भर्ना गरिएको छ।

कञ्चनपुरको गड्डाचौकी नाका भएर घर फर्किने क्रममा तापक्रम एक सय भन्दा माथि देखिएपछि अस्पताल पठाइएको कञ्चनपुर प्रहरी प्रमुख एसपी मुकुन्द मरासीनीले जानकारी दिए।

स्वास्थ्य जाँचका क्रममा २ जना युवामा ज्वरो आएको पाइएपछि अस्पताल भर्ना गरिएको मरासिनीले बताए। भारतमा कोरोना संक्रमण देखिएपछि शनिबार मात्र गड्डाचौकी नाका भएर दिउँसोसम्म करिब सात हजार नेपाली स्वदेश फर्किएको प्रहरीले जनाएको छ।

मरासिनीले एकैपटक हजारौंको संख्यामा नेपालीहरु स्वदेश फर्किएपछि सीमा क्षेत्रमा स्वास्थ्य चेक जाँचमा समस्या भएको बताए। शनिबार स्वदेश फर्किएकाहरुलाई भन्सार कार्यालयको खुला चौरमा जम्मा पारेर स्वास्थ्य जाँच गरेर घर पठाएको उनले जानकारी दिए।

भारतमा कोरोना संक्रमण फैलिएपछि दैनिक हजारौँको संख्यामा नेपालीहरु स्वदेश फर्किरहेका छन्। नेपालमा अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७६ चैत्र ८

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP