२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

कञ्चनपुरमा वडा अध्यक्ष मृत भेटिए : कस्ले झुण्ड्यायो रुखमा

कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण बहादुर रोकाया मृत अवस्थामा भेटिएका छन् ।

प्रहरीका अनुसार ५५ वर्षीय रोकाया सोही वडा स्थित किसान मध्यवर्ती वन भित्र रुखमा झुण्डिएको अवस्थामा शुक्रबार बिहान फेला परेका हुन् ।

घर भन्दा करीब एक किलोमिटर टाढाको जंगलमा झुन्डिएको अवस्थामा वडाध्यक्ष रोकायाको शव फेला परेको र घटना सम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहको भनाइ छ ।

अध्यक्षले आत्माहत्या गरेका हुन् वा कसैले हत्या पछि झुण्ड्याएको हो भन्ने विषयमा प्रहरी अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक सिंहले बताए ।

वडाअध्यक्षका आफन्तले भने हत्या गरेर कसैले रुखमा झुण्ड्याएको हुन सक्ने भन्दै घटनाको गहिरो छानविन हुनुपर्ने माग राखेका छन् ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ मंसिर ५

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP