२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

कञ्चनपुरमा इन्सपेक्टर सहितका प्रहरीमाथि कार्यालयमै कुटपिट

कञ्चनपुर- तास खेल्दै गरेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीयले प्रहरीमाथि कार्यालयमै कुटपिट गरेका छन । कञ्चनपुरको ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीमा प्रहरी निरिक्षक (इन्सपेक्टर) सहितका प्रहरीमाथि कार्यालयमै कुटपिट गरिएको हो ।

शनिबार साँझ पुनर्वास नगर पालिका–५ दोबाटो चौतारामा तास खेल्दै गरेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि उनिहरुलाई छुटाउन स्थानीयले ढुंगामुढा गरेका थिए । करिब ५० देखि ६० जनाको संख्यामा स्थानीयले ईलाका प्रहरी कार्यालय घेराउ गरी ढुंगामुढा गरेको प्रहरी प्रवक्ता अमबहादुर थापाले जानकारी दिए ।

पुनर्बास नगरपालिका मेयर जीवनराम थापाका स्ककिय सचिव लगायतको टोलिले ईलाका प्रहरी कार्यालयमा ढुंगामुडा गर्नुका साथै प्रहरी कुटपिट गरेको बताइएको छ । जुवा खेलिरहेकाहरुलाई पक्राउ गरेर ईलाका प्रहरी कार्यालय ल्याइएपछि उनीहरुलाई छुटाउन आएको टोलीले ढुंगामुढा गर्दै प्रहरीलाई कुटपिट गरिएको हो । कुटपिट गर्नेलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेमा तास खेल्ने रामचन्द्र दमाई ,रामबहादुर बयडी, देवेन्द्र रोकाया, राम बहादुर सिह, मंगल थापा, रण बहादुर धामी र शिखर धामी रहेको प्रवक्ता थापाले बताए ।

कुटपिटको घटना भैसकेपछि जिल्ला प्रहरी कार्यालय कंचनपुरबाट प्रहरी नायब उपरीक्षक  थापाको टोलि राति ११:३० बजे ईलाका प्रहरी कार्यालय पुगेका थिए । उनले कुटपिट गर्नेलाई नियन्त्रणमा लिनुको साटो मेयर थापाको जिम्मा लगाएर फर्किए । घटना सामसुम बनाउन खोजेपनि घटना बाहिए आएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ उपरिक्षक मुकेश सिहले ईलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरिक्षक वकिल बहादुर सिह सहितका प्रहरी कर्मचारीमाथि कुटपिट भएको घटनाको विषयमा छानविन गर्न निर्देशन दिईएको बताएका छन ।

‘तास खेलिरहेको अवस्थामा पुर्नवासका केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएको विषयमा वादविवाद भएको रहेछ । सोही क्रममा प्रहरीमाथि कुटपिट भएको भन्ने छ।’ वरिष्ठ प्रहरी उपरिक्षक सिहले भने, ‘उक्त घटनाको छानविन गर्न निर्देशन दिईसकेका छौँ।’

Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०७७ भाद्र २८

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP