२०८३ भाद्र २९, सोमबार
September 14, 2026, Monday

डोटीका तीन सहित सुदूरपश्चिमका थप १० जनामा कोरोना संक्रमण

कैलाली- सुदुरपश्चिममा थप १० जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित प्रादेशिक प्रयोगशालामा परिक्षण ष्र्दा थप १० जनामा कोरोना पुष्टि भएको हो । उनीहरुमध्ये ४ जना महिला र ६ जना पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । 

महाकाली नगरपालिका कञ्चनपुरका चार, डोटीका तीन, धनगढी उप–महानगरपालिका वडा नम्वर २ का एक, बैतडीको दशरथचन्दका एक जना र अछामको चौरपाटी गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए।

उनका अनुसार पछिल्लो २४ घण्टामा दुई सय १७ जनाको कोरोना परीक्षण भएको छ। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार पाँच सय ४५ पुगेको छ। संक्रमित मध्ये ८ जनाको मृत्यु भईसकेको छ भने पाँच सय ७२ जना डिस्चार्ज भएका छन्। 

Related News

राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
  • २०७७ असार २०

  दिपायल — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डोटीकाे अध्यक्षमा खडक...

TOP