२०८३ असार २, मंगलवार
June 16, 2026, Tuesday

त्रिनगर नाकाबाट फर्किएका एक युवकको मृत्यु, कोरोना परीक्षण हुने

भारतको बङ्गलोरबाट घर फर्किएका दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ३ का एक युवकको मृत्यु भएको छ । त्रिनगर नाका भएर जेठ २९ गते मार्माको लटिनाथ पुगेका २१ वर्षीय युवकको बिहीबार बेलुकी मृत्यु भएको मार्मा स्वास्थ्य संयोजक चक्रसिह धामीले जानकारी दिए ।

मानसिक रुपमा अस्वस्थ्य रहेका युवकलाई एक दिन मात्रै लटिनाथ माविको व्वारेन्टिनमा राखिएको थियो । धनगढी र लटिनाथमा गरिएको आरडिटी रिपोर्ट नेगेटिभ थियो ।

युवकमा ज्वरो बढ्दै गएको थियो । मृतककोे बिहीबार राती नै पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी धनगढी पठाईएको संयोजक धामीले बताए । 

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७७ असार ५

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP