२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

डडेल्धुराको गन्यापधुरा गाउँपालिका ‘सिल’

डडेल्धुरा । डडेल्धुरामा स्वास्थ्य संस्थाबाहेक सबै कार्यालयहरु बन्द गरिएको छ ।

गन्यापधुरा गाउँपालिकामा मात्रै ५८ जनामा कोरोनाको संक्रमण फेला परेपछि गाउँपालिका सिल गरिएको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले जानकारी दिए ।

गन्यापधुरा गाउँपालिकामा हिजो मात्रै ५८ जनाको कोरोनो रिपोर्ट पोजिटिभ आएको थियो ।

गाउँपालिकाले स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण कार्यालयहरु, बैंक र पसलहरुसमेत असार १२ गतेसम्म बन्द रहने र आवश्यक काम बाहेकको अवस्थामा घरबाहिर ननिस्कन नागरिकलाई आग्रह गरेको छ ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ असार ५

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP