२०८० फाल्गुन २१, सोमबार
March 4, 2024, Monday

उपभोक्ता समितिमा एउटै ब्यक्तिको हालिमुहाली

धनगढी- कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नं ९ मा गैह् कानुनी रुपमा उपभोक्ता समिति गठनको आरोप लागेको छ ।

वडा नं ९ मा रहेको सामरचौडा देखि कोईलही कटान गौरीगंगा नदीमाथी निर्माण भैरहेको झोलुङ्गेपुल र सोही वडामा रहेको जनता माध्यमिक विद्यालयको भवन निर्माण उपभोक्ता समितिको अध्यक्ष स्थानीय राम समझ चौधरी रहेको भन्दै स्थानीयले गुनासो गरेका छन् । कानुनमा एउटा ब्यक्ति एक ठाउँमा मात्रै उपभोक्ता समितिको अध्यक्ष रहने ब्यबस्था छ कैलारीका दुखीराम चौधरीले भने, गैर कानुनी उपभोक्ता समिति बिगठन गरिनुपर्छ भन्ने माग राख्दा सुनुवाई भएको छैन । रामसमझलाई नेकपाका उच्चतहका नेताहरुको संरक्षण रहेको आरोप स्थानीयको छ ।

तर राम समझ चौधरीले आफुलाई बिरोधीहरुले लगाएको आरोप मात्रै भएको बताएका छन् ।

Related News

औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा चोपडा
औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा चोपडा
  • २०७७ जेष्ठ ३

दिपायल – नेपाल औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा हिक्मत सिंह...

TOP