२०८३ असार १०, बुधबार
June 24, 2026, Wednesday

केन्द्रबारे विवाद चुलियो, महाकाली राजमार्ग अवरुद्ध पार्ने चेतावनी

बैतडीको डिलाशैनी गाउँपालिकामा केन्द्रको विवादलाई लिएर स्थानीयले विरोध प्रदर्शन गरेका छन्। विगतमा गाउँपालिकाको वडा नम्बर ७ भानी गाउँमा केन्द्र रहेकोमा अहिले सम्पर्क कार्यालय रहेको वडा नम्बर ३ को पङसेरालाई स्थाई केन्द्र बनाइन लागेको भन्दै स्थानीले विरोध प्रदर्शन गरेका हुन।  

नेकपा जिल्ला अध्यक्ष सुरेन्द्र पालको निर्देशनमा गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले पङ्सेरामै केन्द्र बनाउन चलखेल गरेको भन्दै आइतबार स्थानीले गोकुलेश्वरमा विरोध प्रर्दशन गरेका छन्। आक्रोशित स्थानीयले ७ वडा रहेको गाउँपालिकाको वडा नम्बर ४, ५, ६ र ७ गरी ४ वडा कार्यालयमा तालाबन्दी गरेको डिलाशैनी संघर्ष समितिका संयोजक जयराज जोशीले बताए। 

सोमबार केन्द्रबारे गाउँसभा बस्ने भएकाले गाउँपालिका अध्यक्षले एकलौटी रुपमा केन्द्रबारे निर्णय गर्न केही जनप्रतिनिधीलाई अपहरण गरेर बन्दी बनाइएको उनले आरोप लगाए। ‘नेकपा अध्यक्ष सुरेन्द्र पालकोे प्रत्यक्ष निर्देशनमा यहाँका जनप्रतिनिधीहरुलाई १ हप्तादेखि बन्दी बनाएर राखिएको छ। न हामीले भेट्न पाएका छौ, न सम्पर्क नै गर्न पाएका छौ’  संयोजक जोशीले भने ‘यदि आज साझसम्म उहाँहरुलाई रिहा गरिएन भने हामी भोलीदेखि महाकाली राजमार्ग अनिश्चितकालका लागि बन्द गर्छौ।’

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७६ चैत्र ३

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP