२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026, Wednesday

बझाङमा अज्ञात समूहद्वारा व्यापारीको हत्या

बझाङ: अज्ञात समूहले एक व्यापारीको हत्या गरेको छ। जिल्लाको तल्कोट गाउँपालिका १ डोरीपाटाका स्थानीय व्यापारी डबल बहादुर कुँवरको मंगलबार राति अज्ञात समूहद्वारा हत्या भएको हो। 

राती १० बजे पसल बन्द गरेर सुत्न लागेका कुँवरलाई पसल खोल्न लगाइ आग्लोले टाउकोमा बजारेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी नेत्र बोहराले जानकारी दिए। प्रहरीका अनुसार कुँवरको टाउकोमा गहिरो चोट लागेको छ।  

मृतक कुँवर नाती जीवन कुँवरका अनुसार ९ बजेतिर मन्दिरमा पुजा गरेर परिवारका सबै सदस्य घर फर्किएको र मृतक कुँवर पसलमा गएका थिए। राती भएकाले घरका सबै सुतेको र सडक छेउमा रहेको उक्त पसलमा अज्ञात समूहले सामान किन्ने निहुँमा पसल खोल्न लगाइ हत्या गरिएको बुझिएको छ। 

हत्यापछि कुँवरको पसलबाट एक डण्डा चुरोट पनि चोरी भएको छ। मृतक कुँवरको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेतमा राखिएको प्रहरीले जनाएको छ। 

Related News

शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
  • २०७६ चैत्र १९

दिपायल – शिखर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका...

TOP