डोटीको दिपायलबाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल धनगढीको कैलाली सार्ने काम रोकिएको छ । सामाजिक संजाल तथा मिडियाहरुमा कोरोनाका कारण मुलुक लकडाउन भएको अवस्थामा कार्यालय सारिएको भन्दै चर्को बिरोध भएपछि प्रदेश प्रहरी कार्यालय र अस्पताल कैलाली सार्ने काम रोकिएको हो ।
स्थानियको विरोध खेपन नसकेपछि गृह मन्त्रालयले कुनै लेखापढी नगरी र स्वीकृति नै नदिइ अगाडि बढाइएको विषय कार्यान्वयन नहुने बताएको छ ।
गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले भने ‘यस विषयमा गृहमन्त्रालयले कुनै निर्णय गरेको छैन, गृहले स्वीकृत गर्ने विषय स्विकृति बिना कसरी कार्यान्वयन हुन्छ ? हुनै सक्दैन ।’
आफूलाई आएको जानकारीका आधारमा सम्बिन्धत पक्षको ध्यानाकर्षण गराइसकेको र सरकारको कुनै निर्णय नभएको विषयमा पत्राचार कसरी भयो भन्नेसमेत छानविन हुने गृह सचिव न्यौपानेको भनाइ छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले ती दुवै कार्यालय जानकारी विनै दिपायलबाट कैलाली सार्न यही चैत १७ गते परिपत्र गरेको थियो ।
कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेवबाट स्रोत नखुलेको २५...