२०८२ बैशाख १८, बिहीबार
May 1, 2025, Thursday

भारतबाट २ सय ३३ जना डोटी भित्रिय : क्वारण्टाइनमा राख्ने तयारी हुँदै

कैलालीको गौरीफन्टा नाकामा अलपत्र परेका नौँ सय ९९ जना मध्य २ सय ३३ जना डोटी भित्रिएका छन् । उनिहरुलाई संघीय सरकारको आदेशपछि सुदूरपीश्चम सरकार र स्थानीय प्रशासनले यातायात प्रालीसंग समन्वय गर्दै बसमा कैलाली हुँदै गृह जिल्ला पु¥याइएको हो ।

गृह जिल्ला पुगेका सबैलाई सम्बन्धित स्थानिय तहहरुमा क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । पुग्ने बित्तिकै उनिहरुको स्वास्थ्य जाँच गरि क्वारेण्टाइनमा राखिने छ ।

भारतबाट आएका २ सय ३३ जना मध्य बडिकेदार गाउँपालिको पिपिनगरमा ५१ जना र शिखर नगरपालिकाको बनलेकमा ७१ जना झारिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक दिलिप सिंह देउवाले बताए । त्यसैगरी के.आई.सिंह गाउँपालिका र दिसिनपाका यात्रुलाई दिपायलमा झारिएको छ । यो समाचार तयार पार्दासम्म डोटीमा अन्य ठाउँहरुमा कति जना झारियो भन्ने एकिन भएको छैन ।

विपिनगरमा झरिएका ५१ जनालाई त्यहाँको बिद्यालयमा क्वारेण्टाइनमा राख्ने व्यवस्था भएको छ ।
शिखर नगरपालिकामा झारिएका ७१ जनालाई तत्कालका लागि बनलेकको बिद्यालयमा क्वारेण्टाइनमा राखिएको शिखर स्वास्थ्य इकाइका इन्चार्ज हरिष शाहले बताए । नगर प्रमुखको नेतृत्वा उनिहरुलाई व्यवस्थापन गर्ने स्वास्थ्य जाँच गर्ने कार्य भैरहेको शाहले बताए । ७१ जना मध्य २ महिला १ जना बालबालीका र ६८ जना पुरुष रहेकाछन् ।

नगरप्रमुख सिताराम जोशिले सबैलाई क्वारेण्टायनमा राख्ने तयारी भैरहेको बताए । सम्बन्धित वडामा क्वारेण्टायनको व्यवस्था गरेर व्यवस्थापन गर्नेकी यतै राख्ने भन्ने विषयमा सल्लाह भैरहेको छ, उनले भने,‘अहिले यात्रुहरुलाई खाजा खानाको व्यवस्थापन र चेकजाँच भैरहेको छ ।’

केआइसिंह र दिसिनपाका यात्रुलाई राजपुर स्थित सेतीसभाहलमा राख्ने तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । अन्य पालिकाहरुका यात्रुका लागि पनि सम्बन्धित पालिका संग सहकार्य गरेर क्वारेण्टाइनमा राख्ने तयारिभैरहेको उनले बताए ।


Related News

डोटीमा इभि हाइस दुर्घटना :  ७ जना घाइते
डोटीमा इभि हाइस दुर्घटना :  ७ जना घाइते
  • २०७६ चैत्र १२

दिपायल, वैशाख १७ गते ।  डोटीमा इभि हाइस दुर्घटना हुँदा...

TOP