२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

सामाजिक अभियान्ता जोशीद्वारा बिकट गाउँमा फिल्टर जडान

ललित सिंह
बझाङ – सामाजिक अभियान्ता माधब जोशी भन्छन्, “मानब सब्यताको कालखण्ड देखि नै मानिसले जुन ठाउँमा पानीको सुबिधा छ त्यो ठाउँमा आफ्नो बस्ति बिकास गरे । त्यो समयमा मानिस त्यो ठाउँमा बसे जुन ठाउँ मा पानी को सुबिधा छ । त्यतिबेला पनि मान्छेलाई राम्रोसंग थाहा थियोकी पानी बिना जीवन चलाउन सकिदैन । त्यसैले होला हाम्रा पुर्खा हरुले पहाडको त्यो ठाउँ जहाँ पानी को सुबिधा छ त्यहीँ वस्ती बिकास गरे ।”


बझाङको सुबेडा घर भई हाल काठमाण्डौं बस्दै आएका जोशीले जिल्लाका बिभिन्न बिद्यालयहरूमा पानी सुद्धिकरण गर्ने फिल्टर निःशुल्क बितरण गर्दै आएका छन् । उनले बिभिन्न निकाय संग सहयोग मागी बिद्यार्थीहरूको शुद्ध पिउने पानीमा सहज पहुँच पुगाउँन फिल्टर बितरण गरेको बताए ।
बझाङ्गका बस्तिहरुमा पानी को सुबिधा त छ तर शुद्धपानि छैन । यहाँका बासिन्दा पानीको कारण लाग्ने रोगहरु को प्रभाह नै नगरी धेरै वर्ष देखि सेती नदिको पानी पिउदै आएकाछन् । सौदेउ गाउँका जनताहरुले पानीकै कारण बिभिन्न रोगको सिकार हुँनु पर्ने बाध्यता छ । जहाँ एकै थरिकÞा परिवार को वस्ती छ । त्यहाँका बासिन्दाहरु बर्षौ देखी नदिकै पानी पिउँदै आएका छन् । उनिहरु संग यो बाहेक अन्य पानिको स्रोत छैन ।
त्यहाँका बासिन्दाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै ( न्भचmबलथ )जर्मर्नीमा बनेको फिल्टर ( एब्ग्ी ँष्तिभच ) गाउँमा जडान गरेको जोशीले बताए । शुद्धिकरण गरिएको पानिको प्रयोगले सो बस्तीका बासिन्दाहरुको स्वास्थ्यमा सुधार हुने देखिएकाले सहयोग जुटायर फिल्टर जडान गरेको हुँ उनले भने ।

Related News

एसईईमा डोटी जिल्ला टपर छात्रलाई शिखर सरकारले दियो एक लाख छात्रवृत्ति
एसईईमा डोटी जिल्ला टपर छात्रलाई शिखर सरकारले दियो एक लाख छात्रवृत्ति
  • २०७६ चैत्र ११

दिपायल – शिखर नगरपालिकाले एसईईमा डोटी जिल्ला टपर भएका छात्रलाई...

TOP