डोटी- मकर सक्रान्तीको अवसर पारेर शिखर नगरपालिकाको प्रसिद्ध धार्मिकस्थल गहनान(गंगास्नान)मा भलिवल प्रतियोगिता सुरू भएको छ ।
शिखर नगरपालिका-१० बानेडुग्रीसैनमा रहेको गहनानमा ‘गहनान खुल्ला पुरूष भलिबल प्रतियोगिता’आईतबारबाट सुरू भएको हो ।
एक लाख प्रथम पुरस्कार राशी रहेको प्रतियोगिताको एक बिशेष समारोहका बिचमा पूर्वमन्त्री एबम नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले उद्घाटन गरे ।
गहनान युवा क्लबको आयोजनामा भईरहेको प्रतियोगिताको द्वितिय पुरस्कार ५० हजार र तृतिय पुरस्कार २५ हजार छ ।
प्रतियोगिता अन्तर्गत आईतबार एक खेल भयो । जसमा आयोजक गहनान युवा क्लब (बि) ले आदर्श गाउँपालिका-५ को भलिबल टीमलाई ३-० को सोझो सेटमा पराजित गरेको छ ।
आयोजक बिले पहिलो सेट २५-१८ ले जित्दा दोस्रो र तेस्रो सेट २५-१४ र २५-१९ ले जितेर खेल आफ्नो पक्षमा पा-यो ।
पाँच दिन चल्ने प्रतियोगितामा २० टीमको सहभागिता रहेकको छ ।
डाेटी – डाेटी जिल्ला भलिबल संघकाे अध्यक्षमा राजबहादुर खड्का चयन...