२०८१ बैशाख १४, शुक्रबार
April 26, 2024, Friday

‘सडकमा देखिएको असन्तुष्टि सरकारको कारण हो’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारकै कारण सडकमा असन्तुष्टि देखिएको बताएको छ । सरकार संविधानको मर्मअनुसार नचल्दा असन्तुष्ट पक्ष सडकमा आएको कांग्रेसको ठहर छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बोलाएको सर्वदलीय बैठकमा कांग्रेसले सरकारकै कारण राजावादीहरु सडकमा आएका दाबी गरेको छ । सरकार सच्चिएर अघि बढे कतिपय समस्याहरु आफैँ समाधान हुने कांग्रेसको धारणा छ ।

सरकारका काम कारबाही सही रुपमा हुन नसक्नु, सरकारबाटै लोकतन्त्रविरोधी गतिविधि हुनु, कोरोना महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसक्नु र जनभावनाअनुरुप काम गर्न नसक्नु नै जनताको वितृष्णाको कारण भएको दाबी कांग्रेसको छ ।

सर्वदलीय बैठकमा सहभागी कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारको कार्यशैलीकै कारण देशका विभिन्न सहरहरुमा राजावादीको आन्दोलनमा उत्रिएका दाबी गरे ।

“सरकारले ठीक ढंगबाट काम नगर्दा अहिलेको अवस्था आएको हो । यो सिस्टमको खराबी होइन । तर, सरकार सञ्चालन गर्नेहरु सच्चिन जरुरी छ,” उनले भने ।

सर्वदलीय बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचनद्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, सहमहामन्त्री डा. महत, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला सहभागी थिए ।

Related News

एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
  • २०७७ मंसिर २३

काठमाडौं- सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर...

TOP