२०८१ बैशाख २५, मंगलवार
May 7, 2024, Tuesday

मेरो प्रमुख जिम्मेवारी प्रभावकारी न्याय प्रशासनः प्रधान न्यायाधीश श्रेष्ठ

प्रधान न्यायाधीश श्रेष्ठलाई गृह जिल्लामा नागरिक अभिनन्दन

दिपायल- सर्वाेच्च अदालतका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले प्रभावकारी न्याय प्रशासन कायम गर्नु आफ्नो प्रमुख भूमिका र जिम्मेवारी रहेको बताउनु भयो । आइतबार डोटीको सिलगढीमा नागरिक अभिनन्दन ग्रहण गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

आफ्नो मुख्य भूमिका र जिम्मेवारी भनेको न्याय सम्पादन भएको बताउँदै उहाँले नेपालको संविधानले प्रत्याभूती गरेको स्वतन्त्र, निश्पक्ष न्यायपालिकाको मान्यता अक्षुण्ण राख्दै प्रभावकारी न्याय प्रशासन कायम गर्न लागिपरेको बताउनु भयो । “न्यायपालिकाको नेतृत्व सम्हाले देखिनै आफुलाईं न्यायीक सुधार र न्यायपालिकाको श्रीवृद्धिमा समाहित गर्दै आएको छु,“प्रधान न्यायाधीश श्रेष्ठले भन्नु भयो,“ जस अनुसार न्यायिक सुधारका सकारात्मक संकेतहरु र उपलब्धिहरु समेत देखा पर्दै गएका छन् । बाँकी अबधि पनि म त्यसैमासमर्पित गर्ने वाचा गर्दछु ।”

स्वच्छ, निश्पक्ष छिटोछरितो गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादन तथा सुशासन र विधिको शासनको प्रत्याभूति गर्दै आम नागरिकहरुको न्यायपालिका प्रतिको अपेक्षा पुरा गर्ने कसरतमा आफु रहेको उहाँले बताउनु भयो । “न्यायकर्र्मीको भूमिका र संलग्नता विकासप्रति खासै हुदो रहेन छ । त्यसैले मैले यस क्षेत्रको भौगोलिक विकासमा यहाँहरुको अपेक्षा अनुसारको योगदान गर्न नसकेको पनि हुँला । तर, न्याय समानता, विधिको शासन र सुशासनको प्रत्याभूति मार्फत मुलुकको समृद्धि र न्यायपूर्ण समाज स्थापनाका लागि न्यायपालिकाले खेल्ने भूमिका पुर्याउनु पर्ने योगदान त्यतिकै महत्वपूर्ण हुन्छ । म त्यो योगदान इमान्दारिता, निष्ठा र नैतिकताका साथ गर्नेछु, उहाँले भन्नु भयो ।”


शैलेश्वरी माताको अनुकम्पा र यहाँहरु सवैको सुभेक्षाबाट मलाई न्यायपालिकाको नेतृत्वगर्ने अवसर मिलेको हो भन्ने मेरो पूर्ण विश्वास रहेको छ,“प्रधामन न्यायाधीश श्रेष्ठले भन्नु भयो,“म अहिले जहाँ रहे पनि मेरो परिचय र पहिचान यहि ठाउँसँग जोडिएर आउछ र यसप्रति मलाई गर्वको अनुभूति हुने गर्दछ । जुन ठाउँको माटो मेरो पैतलाले स्पर्स ग¥यो, जहाँको हावाको पहिलो स्वन्धन मलाई भयो त्यो भन्दा ठुलो र त्यसभन्दा माथि अर्को कुनै स्थान छैन भन्ने मलाई लाग्दछ ।”

व्यवसायिक जीवनको यात्राको करिव उत्तरार्धमा आफ्नो जन्मभूमिमा प्राप्त सम्मान, अपार माया र सद्भावले आफ्नो जीवन सफलिभूत भएको महशुस गरेको उहाँले बताउनु भयो । आफुले हासिल गरेका उपलब्धिहरुलाई माता शैलेश्वरीका चरणमा समर्णपन गर्न र बाड्न पाउँदा सुखद अनुभूति भएको उहाँको भनाई थियो ।

पवित्र भूमि र यहाँबाट प्राप्त गरेको संस्कारले आफुलाई जुनसुकै भूमिकामा रहँदा पनि इमान्दारिता निष्ठा, नैतिकता आचारणमा रही पूर्ण क्षमतामा आफ्नो जिम्मेवारी सम्हाल्ने प्रेरणा मिल्दै आएको उहाँले बताउनु भयो ।


नागरिक अभिनन्दन

प्रधान न्यायाधीश श्रेष्ठलाई गृह जिल्ला डोटीमा नागरिक अभिनन्दन गरिएको छ । पारिवारिक भेटघाटका क्रममा डोटी आउनुभएका प्रधान न्यायाधीश श्रेष्ठलाई नागरिक अभिनन्दनसहित सम्मान गरिएको हो ।

आइतबार प्रधान न्यायाधीश श्रेष्ठको सिलगढीस्थित पुख्र्यालीघरबाट बाजागाजा र स्थानीय सांस्कृतिक झाँकी सहित बजार परिक्रमा गराएर शैलेश्वरी मन्दिर परिसरमा नागरिक अभिनन्दन—पत्र र दोसल्ला सहित अभिनन्दन गरिएको हो । डोटीस्थित स्थानीय सरकार, धार्मीक तथा सामाजिक संस्थाहरु र नागरिक समाज लागयतका १४ वटा संघ संस्थाहरुले उहाँलाई नागरिक अभिनन्दन गरेको हो ।

लामो समयदेखि न्याय क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएबापत उच्च सम्मानका साथ उहाँलाई नागरिक अभिनन्दन गरिएको जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले बताउनु भयो । प्रधान न्यायाधीश श्रेष्ठ नेपालको इतिहासमै डोटीबाट पहिलो पटक प्रधान न्यायाधीश जस्तो गरिमामय पदमा पुगेर समग्र सुदूरपश्चिमेलीहरुको शिर उच्च गरेको उहाँले बताउनु भयो ।
“न्यायलय क्षेत्रको सर्वोच्च भूमिकामा डोटेली पुत्र पाउनु गौरवको कुरा हो,” दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख विजय खड्काले भन्नुभयो, “डोटेली नागरिकका तर्फबाट उहाँलाई प्रमाणपत्रसहित नागरिक अभिनन्दन गरिएको छ ।”

विसं २०१६ असोज २० गते कैलालीमा जन्मनुभएका श्रेष्ठको पुख्र्यौली घर डोटीको सिलगढी बजारमा हो । शाखा अधिकृतका रूपमा २०३८ सालमा सरकारी सेवामा प्रवेश गर्नुभएका उहाँ २०८० भदौ ४ गते सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा नियुक्त हुनुभएको थियो ।

Related News

बसको ठक्करबाट पूर्व वडाध्यक्षको मृत्यु भएपछि भिमदत्त राजमार्ग अवरुद्ध
बसको ठक्करबाट पूर्व वडाध्यक्षको मृत्यु भएपछि भिमदत्त राजमार्ग अवरुद्ध
  • २०८१ बैशाख २

दिपायल – भिमदत्त पन्त राजमार्ग अन्तर्गत गैरा सडक खण्ड अवरुद्ध...

TOP