२०८१ जेष्ठ ६, आईतवार
May 19, 2024, Sunday

सुजङ्ग अस्पतालले अटो चालक र सवारीलाई उपचारमा छुट दिने

दिपायल– सुजङ्ग अस्पताल राजपुर डोटीले अटो चालक, चालकका परिवार र सवारीलाई उपचारमा छुट दिने भएको छ । उपचारमा सहुलियत दिने गरी मंगलबार अस्पताल र डोटीमा अटो रिक्सा चालक कम्पनी भागेश्वर अटो प्रालि बीच सम्झौता गरिएको हो ।

सम्झौतामा अस्पतालले अटो रिक्सा दुर्घटनामा घाइते भएका अटो चालकको निःशुल्क उपचार गर्ने उल्लेख छ । त्यस्तै दुर्घटनामा घाइते सवारीको उपचारमा ३० प्रतिशत छुट दिने गरी सम्झौता भएको अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए । अटो चालकका परिवारका सदस्यहरू आमा, बुवा, श्रीमती र छोराछोरी बिरामी भई उपचारका लागि अस्पताल आए १० प्रतिशत सम्म छुट दिने उनले बताए ।

मापसे गरेर वा ट्राफिकको नियम उलङ्घन गरेर सवारी दुर्घटना भएको अवस्थामा भने स्वयम् अटो धनी/ चालकले उपचार खर्च बेहोर्ने सम्झौतामा उल्लेख छ।

अस्पातलले स्वास्थ्य सेवामा गरेको छुटले श्रमजीवी व्यवसायीहरुलाई ठूलो सहयोग पुग्ने भागेश्वर अटो प्रालिका अध्यक्ष महेन्द्र मल्लले बताए । दिनरात अटो सञ्चालन गरेर परिवार धानिरहेका श्रमजीवीहरुलाई अस्पातलले गरेको सहयोग अतुलनीय रहेको बताउँदै उनले अस्पताल परिवारलाई धन्यवाद ज्ञापन गरे ।

अस्पातलले अटो चालकका लागि साङ्केतिक जकेट पनि उपलब्ध गराउने छ । श्रमजीवी वर्ग र न्यून आए भएका व्यक्तिहरूलाई अस्पतालले यस अघि पनि छुट दिँदै आएको प्रशासन प्रमुख बलायरले बताए। अस्पातलले जिल्लाका पत्रकार र उनीहरुका परिवारको सदस्यको उपचारमा पनि छुट दिँदै आएको उनले बताए ।

भागेश्वर अटो प्रालि अन्तर्गत अहिले ३१ वटा अटो रिक्सा दर्ता भई सञ्चालनमा रहेका छन् ।

Related News

विद्यालयमा विषेशज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन, ६७७ जनाले पाए सेवा
विद्यालयमा विषेशज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन, ६७७ जनाले पाए सेवा
  • २०८१ बैशाख २५

दिपायल ५ जेठ- सरस्वती मावि रानागाउँमा एक दिने स्वास्थ्य शिविर...

TOP