२०८१ जेष्ठ ६, आईतवार
May 19, 2024, Sunday

हिमपातका कारण अवरुद्ध सुदूरपश्चिमका सडक अझै सुचारु हुन सकेनन्

डोटी – सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा बिहीबारदेखि परेको हिमपातका कारण अवरुद्ध भएको सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अझै सुचारु हुन सकेको छैन।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार डोटीको सानागाउँ, बैतडीको खोड्पे, डडेल्धुराको हगुल्डेमा सडक अवरुद्ध रहेको छ ।केही बेरमा फेरी हिउँ पन्छाउने काम सुरु गरिने बताइएको छ।यस्तै बझाङ जोड्ने जयपृथ्वी राजमार्ग पनि अवरुद्ध रहेको  छ।

ति ठाउँमा सडक खुलाउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, हिमपातकै कारण अवरुद्ध भएको डोटीको सिलगढी तथा अछामको साफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्गमा हिउँ पन्छाइएको भए पनि ढुंगा खस्दा फेरी अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ। ढुंगा हटाउन डोजर गइरहेको र केही बेरमै उक्त राजमार्ग सञ्चालनमा आउने बताइएको छ।

Related News

विद्यालयमा विषेशज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन, ६७७ जनाले पाए सेवा
विद्यालयमा विषेशज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन, ६७७ जनाले पाए सेवा
  • २०७८ माघ २२

दिपायल ५ जेठ- सरस्वती मावि रानागाउँमा एक दिने स्वास्थ्य शिविर...

TOP