२०८१ बैशाख २०, बिहीबार
May 2, 2024, Thursday

हिमपातपछि वन्यजन्तुको चोरी सिकार बढ्ने खतरा

बाजुरा – बाजुरामा हिमपात सुरु भएपछि लेकाली भेगमा रहेका जङ्गली जनावरको चोरी सिकार बढ्ने गरेको छ । हिमपातका कारण जङ्गली जनावर न्यानो खोज्दै बेँसीमा आउने गरेकाले स्थानीयवासी घरेलु हतियारले (भाला छुरा) सिकार गर्ने गरेका छन् ।

लेकाली भेगमा रहेका हरिण, मृग, रतुवा, कालिज घोरल लगायत जङ्गली जनावरको सहजै रुपमा उनीहरुले चोरी सिकार गर्ने गरेका छन् । हिमपात भएपछि स्थानीयवासीले समूह बनाउँदै उनीहरुलाई पासोमा वा अन्य घरेलु हतियार प्रयोग गर्दै सिकार गर्ने गरेका हुन् ।

यहाँका हिमाली गाउँपालिका, स्वामीकार्तिक, जगन्नाथ, गौमुल, बडिमालिका, त्रिवेणी लगायतका पालिकामा स्थानीयवासीले जङ्गली जनावरको चोरी सिकार गर्ने गरेका छन् ।

जङ्गली जनावरको छाला निकालेर बिक्री पनि गर्ने गरेको पाइन्छ । सरकारले वन्यजन्तु सिकार गर्न नपाइने गरी कानुन बनाएको भएपनि हिमाली तथा पहाडी जिल्लाका स्थानीयवासीले लुकिछिपी जङ्गली जनावरको सिकार गर्न छोडेका छैनन् ।

हिमपात भएपछि घरै जङ्गली जनावर बास खोज्दै आउने गरेकाले सिकार गर्न झन् सहज हुने गरेको छ । जङ्गली जनावरको चोरी सिकारी रोक्नका लागि डिभिजन वन र प्रहरीको सुरक्षामा निगरानी आवश्यक रहेको बताइएको छ ।

रासस

Related News

डडेल्धुरामा बन्चरो प्रहार गरि श्रीमतीको हत्या
डडेल्धुरामा बन्चरो प्रहार गरि श्रीमतीको हत्या
  • २०७८ माघ २१

दिपायल- डडेल्धुरामा एक जनाले बन्चरो प्रहार गरि आफ्नै श्रीमतीको हत्या...

TOP