२०८३ श्रावण २८, बिहीबार
August 13, 2026, Thursday

अछामकी बालिका बलात्कार गरी फरार भएका दैलेखका युवक पक्राउ

धनगढी: अछाममा एक बालिकालाई बलात्कार गरी फरार भएका युवक पक्राउ परेका छन्। 

जिल्लाको तुर्माखाद गाउँपालिका–३ की १६ वर्षीया बालिकालाई भदौ ३ गते जबरजस्ती करणी गरेको आरोप लागेका दैलेखको आठविषे नगरपालिका–२ सिस्नेका २८ वर्षीय लोकेन्द्रबहादुर शाही पक्राउ परेका हुन।

घटना भएको दिनदेखि नै फरार रहेका उनलाई शनिबार घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक रमेश दत्त अवस्थीले बताए।

पक्राउ परेका उनीलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

Related News

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
  • २०७७ आश्विन ३

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्...

TOP