२०८२ माघ १, बिहीबार
January 15, 2026, Thursday

किसानलाई सिंचाई बोर र ईन्जिन हस्तान्तरण

धनगढी- धनगढी उप–महानगरपालिका वडा नं १७ का किसानहरुलाई मंगलबार सिंचाई बोर र ईन्जिन हस्तान्तरण गरिएको छ । धनगढीका नगरप्रमुख नृपबहादुर वड र वडा नं १७ का अध्यक्ष माधव राज रानाले किसानहरुलाई संचाई बोर र ईन्जिन हस्तान्तरण गरेका हुन ।

धनगरप्रमुख वडले धनगढी उप–महानगरपालिकाले किसानलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । वडा नं १७ कृषी पकेट क्षेत्र हो नगरप्रमुख वडले भने, सिंचाई बोर र ईन्जिनले ब्यावसायीक किसानहरुलाई राहत पुग्ने छ । उप–महानगरपालिकाले किसानहरुलाई सिंचाई, कृषी उपकरण, विउ विजनमा सहयोग गर्दै आईरहेको छ नगरप्रमुख वडले भने, काम गर्न चाहनेका लागि अवसर नै अवसर रहेको छ ।
धनगढी उप–महानगरपालिका १७ का अध्यक्ष रानाका अनुसार किसानहरुलाई सिंचाई उपकरण खरिद गर्नका लागि वडाबाट १२ लाख रुपियाँ बिनियोजन गरिएको बताए । यही रकमबाट ९ वटा सिंचाई बोर र ८ वटा ईन्जिन हस्तान्तरण गरिएको वडा अध्यक्ष रानाले बताए । सिंचाई उपकरणहरु टोलबासीले आवश्यक परेको बेला प्रयोग गर्नेगरी ९ वटा टोलमा वितरण गरिएको अध्यक्ष रानाले बताए ।

Related News

RDSC डोटीको अध्यक्षमा सुमन बलायर 
RDSC डोटीको अध्यक्षमा सुमन बलायर 
  • २०७६ चैत्र ६

  दिपायल – ग्रामीण विकास सेवा केन्द्र (RDSC) डोटीको अध्यक्षमा...

TOP