२०८० मंसिर १९, मंगलवार
December 5, 2023, Tuesday

जोरायल स्पोर्ट्स क्लवको अध्यक्षमा दिपजङ्ग चयन

जीवन बोहरा

जोरायल– जोरायल गाउँपालिकामा जोरायल स्पोर्ट्स क्लव गठन भएको छ । गाउँपालिकाका ६ वटै वडाका युवाहरुको भेलाले क्लव गठन गरेको हो ।

घण्टेस्वर सेती महाकाली बहुमुखी क्याम्पसको सभाहलमा भएको भेलाबाट सामाजिक अभियान्ता दिपजङ्ग मल्लको अध्यक्षतामा १७ सदस्यीय क्लव गठन गरिएको हो ।

क्लवको उपाध्यक्षमा नरेश साउद ,पदम मल्ल , कर्ण देउबालाई चयन गरिएको छ भने महासचिबमा लोकेन्द्र साउद, सचिबमा अनिल कठायत र कोषाध्यक्षमा भरत बोहरालाई चयन गरिएको छ ।

सदस्यमा सागर मल्ल ,मनोज मल्ल, नसिब साउद , योगेन्द्र मल्ल (युवराज )टेकेन्द्र रावल ,लोकेन्द्र बोहरा, लक्षण देउबा , बम ब बोहरा चक्र बोहरा चयन भएका छन् ।

क्लवले खेलकुदसंगै गाउँपालिकामा हुँदै आएका बिक्रती, बिसङ्गती अनिमियतता, भ्रष्टाचार लगायतका बिरुद्धमा शसक्त अभियान सञ्चालन गर्ने जनाएको छ । समाजिक मुद्धाहरुको नेतृत्व नेपाल तरुण दलले लिने नेपाली कांग्रेसका नेता तथा उपाध्यक्ष नर बोहराले बताए ।

युवा समाजसेवी किरण मल्ललले देशमा लोकतान्त्रिक व्यवस्थामा गम्भीर संकट परेको र ऐतिहाँसिक उपलब्धिलाई बचाउन युवाले जागरुक हुनु पर्ने बताए ।

जनप्रतीनिधि र कर्मचारीले जनताको अपेक्षा अनुरुप काम गर्न नसकेको र युवा लक्षीत कार्यक्रमलाई जोड नदिएकोले युवाहरुले जनप्रतीनिधि र कर्मचारीलाई जिम्मेबार बनाउन एकजुट भएर लाग्नु पर्ने कांग्रेस नेता रामदत्तले बताए ।

युवाहरुको भेलाले गाउँपालिकाको ६ वटै वडामा तरुण सम्पर्क ब्यक्ती समेत छनोट गरेको छ ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७७ श्रावण २२

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP