२०७९ मंसिर २१, बुधबार
December 7, 2022, Wednesday

क्वारेण्टाइनबाट बाहिर निस्केका दुई जना घाईते : एकको अवस्था गम्भिर

डोटी- क्वारेण्टाइनबाट बाहिर निस्केर घुम्न निस्किएका दुई जना घाइते भएका छन् । सायल गाउँपालिका वडा नं. ६ मा रहेको महाकाली माविमा स्थापित क्वारेण्टाइनमा बसेका सोही ठाउँका गणेश कट्वाल र शिखर नगरपालिका २ खतेडाका रमेश बहादुर बोगटी घाइते अवस्थामा फेला परेका हुन् ।
गाउँपालिकाले स्थापना गरेको क्वारेण्टाइनबाट पाँच जना शुक्रबार बाहिर निस्किएका थिए । क्वारेण्टाइनबाट निस्किएर आदर्श गाउँपालिकाको मौवा बजार सम्म पुगेर फर्किने क्रममा दुई जनालाई स्थानियले घाइते अवस्थामा फेला परेका थिए ।

स्थानियका अनुसार घाइते दुई जना मध्य स्थानिय कट्वाल सडकमा र शिखर नगरपालिकाका बोगटी सडक भन्दा तल भिरमा घाइते अवस्थामा भेटिएका थिए । घाइते बोगटीको टिसर्ट र चप्पल रगत लागेको अवस्थामा सडकमै भेटिएको छ । घाइते बोगटीको अवस्था गम्भिर रहेको स्थानिय व्यापारी डिल बहादुर रोकायाले शिखर समाचारलाई जानकारी दिए ।

दिपायलबाट गाउँपालिका फर्किदै गर्दा बाटोमा घाइते भेटेपछि वडा नं. ५ का वडाअध्यक्ष गणेश बोगटीको पहलमा घाइते दुबै जनालाई उपचारका लागि दिपायल पठाइएको छ ।

घटनाको प्रकृती हेर्दा आपसमा झगडा भएको हुनसक्ने स्थानियले बताएका छन् । जिल्ला प्रहरी कार्यालयले घटनामा दुई जना घाइते भएको खबर प्राप्त भएको जनाएको छ । घटना के कती कारणले भएको हो भन्ने जानकारी प्राप्त नभैसकेको र घटना स्थलमा प्रहरी पठाएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर कर्ण बोहराले जानकारी दिए ।

Related News

डोटीमा चितुवा आतंक : एउटै चितुवाको आक्रमणबाट ६ जना घाइते
डोटीमा चितुवा आतंक : एउटै चितुवाको आक्रमणबाट ६ जना घाइते
  • २०७७ श्रावण ९

दिपायल – डोटीमा चितुवाको आक्रमणमा परी ६ जना घाइते भएका...

TOP