२०७९ श्रावण २९, आईतवार
August 14, 2022, Sunday

रूपन्देही हत्याकाण्डः संगै काम गर्नेले नै हत्या गरेको प्रारम्भिक अनुसन्धान

बुटवल – रूपन्देहीमा सामूहिक हत्या भएका पाँचैजनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजारमा सोमबार राति पाँचजनाको हत्या भएको हो ।

मृत्यु हुनेमा सात वर्षका करण चौधरी, १७ वर्षका आशिष चौधरी, ३५ वर्षका जानकी मुसहर, ४० वर्षका माधव मुसहर र १४ वर्षका पोषराज मुसहर रहेको प्रहरीले जनाएको छ । माधव र जानकी श्रीमान–श्रीमती हुन् ।

कान्छीबजारका कृष्ण पुनको भैँसी फर्ममा काम गर्ने सुर्खेतका धसेन्द्र सिंजालीले सोही फर्ममा काम गर्ने उनीहरुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

हत्या आरोपी सिंजालीलाई प्रहरीले मंगलबार बिहान तिलोत्तमा–१० बाट पक्राउ गरेको छ।

गोठमा काम गर्ने पाँचजनाको हत्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक खड्ग बहादुर खत्रीका अनुसार प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।


Related News

अपाङ्ग अधिकार मञ्च नेपालको अध्यक्षमा शारदा विष्ट
अपाङ्ग अधिकार मञ्च नेपालको अध्यक्षमा शारदा विष्ट
  • २०७७ जेष्ठ २७

दिपायल – अपाङ्गका सवालमा काम गर्दै आइरहेको संस्था अपाङ्ग अधिकार...

TOP