२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

कञ्चनपुरका विभिन्न स्थानबाट एकै दिन ६ फरार प्रतिवादी समातिए

डोटी– कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले एकै दिन ६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले दिएको जानकारी अनुसार सोमवार कञ्चनपुरका विभिन्न स्थानबाट ६ जना फरार प्रतिवादी पक्राउ परेका हुन् ।

गाली–बेइज्जती मुद्दामा दोषी ठहर भई २३ वर्षदेखि फरार रहेका कञ्चनपुर लालझाडी गाउँपालिका–२ का ४९ वर्षीय श्याम बहादुर राना, ४७ वर्षीय रोहित सिंह बडायक, ४५ वर्षीय रामध्वज बडायक, ६८ वर्षीय कशन सिंह बडायक र ५८ वर्षीय लोकेन्द्र सिंह बडायकलाई प्रहरीले पक्राउ परेका छन् ।

उनीहरूलाई कञ्चनपुर जिल्ला अदालतले २०५८ साल असार १२ गते दोषी ठहर गरी जनही एक हजार रुपैयाँ जरिमाना गरेको प्रहरीले जनाएको छ ।

यस्तै, लागु–औषध ९खैरो हिरोइन० मुद्दामा दोषी ठहर भई फरार रहेका कञ्चनपुर, भिमदत्त नगरपालिका–१५ निम्बुखेडाका २८ वर्षीय जय प्रकाश पाल भनिने मन्दिप पाललाई सोमवारै प्रहरीले पक्राउ गरेको छ ।

पाललाई जिल्ला अदालत कञ्चनपुरको २०८० साल जेठ ५ गतेको फैसलाले १ महिना ४ दिन कैद सजाय तोकिएको थियो ।

फरार प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी कञ्चनपुर जिल्ला अदालतमा पेश गरिएको प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

 

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ श्रावण १५

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP