२०८२ बैशाख ६, शनिबार
April 19, 2025, Saturday

देवल विद्यालयमा कार्यरत शिक्षक पन्तको शैक्षिक योग्यता प्रमाणपत्र नक्कली भएको आरोप

धनगढी । देवल उच्च माध्यमिक विद्यालय डडेलधुरामा कार्यरत शिक्षक मदन राज पन्तको शैक्षिक प्रमाणपत्र नक्कली भएको पाइएको छ ।

अख्तियार दुरपयोग अनुसन्धान आयोगले प्रावि द्बितीय तहमा कार्यरत शिक्षक पन्तको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

शिक्षक पन्तले सम्पूर्णान्द संस्कृत विश्‍वविद्यालय, वाराणसी, युपी, भारतबाट जारी भएको पूर्वमध्यमा तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी प्राथमिक तहको शिक्षक पदमा नियुक्ति भएको जनाइएको छ ।

‘ओहदा, लाभ र सुविधासमेत प्राप्त गरी निज पन्तले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निजलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी’ सहित आरोपपत्र दायर गरिएको जनाइएको छ ।

Related News

नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
  • २०८१ जेष्ठ ३२

दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...

TOP