२०७८ आश्विन ८, शुक्रबार
September 24, 2021, Friday

कांग्रेस नेता लेखकले भेटे भागरथीका आफन्त : परिवारलाई २ लाख सहयोग

बैतडी– बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई नेपाली कांग्रेसले आर्थिक सहयोग गरेको छ।

मृतक भागरथीका आफन्तसँग भेटघाट गर्दै कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले भागरथीकी आमा द्रोपति भट्टलाई आर्थिक सहयोगस्वरुप नगद २ लाख रुपैयाँ प्रदान गरेका हुन्। मृतककी आमालाई केही सहज होस् भनेर पार्टीका तर्फबाट सहयोग गरिएको नेता लेखकले बताए।

भागरथी हत्याको विषयमा सत्यतथ्य बुझ्न बैतडी पुगेका लेखकले दोगडाकेदार गाउँपालिका चडेपानीमै गएर भागरथीका आफन्तसँग भेटघाट गरेका हुन्। 

नेपाली कांग्रेसले भागरथी हत्याका विषयमा सत्यतथ्य बुझ्न कांग्रेस केन्द्रीय सदस्य लेखकलाई बैतडी खटाएको थियो। सोहीअनुसार शनिबार बैतडी पुगेका लेखकले आइतबार भागरथीका आफन्तलाई भेटका हुन्।

भेटघाटका क्रममा नेता लेखकले भागरथीका हत्यारा पत्ता लगाउन आफ्नो पार्टीले सबै पक्षबाट सहयोग गर्ने बताए।
‘भागरथीका हत्यारा पत्ता लगाउन हामीले सम्पूर्ण सहयोग गर्छौं’ उनले भने, ‘राज्य पक्षलाई पनि हामीले दोषी छिटो पत्ता लगाई कारबाही गर्न आग्रह गरेका छौँ।’

हत्यारा पत्ता लगाउने कार्य सबैको प्राथमिकतामा रहेको बताउँदै नेता लेखकले महिलामाथि हुने जुनसुकै प्रकारका हिंसाविरुद्ध आफ्नो पार्टी लागिपरेको बताए। ‘अहिलेको प्राथमिकता भागरथीका हत्यारा पत्ता लगाउनु हो’ उनले भने, ‘यसमा हामी सक्दो सहयोग गर्छौँ।’

लेखकले भागरथी हत्या प्रकरणको अनुसन्धान गरिरहेका सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीसँग अनुसन्धानमा ढिलाई नगरी छिटो दोषी पत्ता लगाउन आग्रह गरे।

लेखक भागरथीका आफन्तसँग भेटघाट गरेपछि घटनाको बिषयमा पार्टीको केन्द्रीय समितिलाई प्रतिवेदन बुझाउने उद्देश्यले बैतडी पुगेका हुन्।

Related News

डडेल्धुरामा रिले अनशन, पुनः वडा अधिवेशन गर्नूपर्ने माग
डडेल्धुरामा रिले अनशन, पुनः वडा अधिवेशन गर्नूपर्ने माग
  • २०७७ फाल्गुन २

डडेल्धुरा– नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पुनः वडा अधिवेशन गर्नूपर्ने माग गर्दै पार्टी कार्यालयमा रिले अनशन...

साइन नेपालद्वारा विद्यालय र स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण
साइन नेपालद्वारा विद्यालय र स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण
  • २०७७ फाल्गुन २

डोटी – मानवीय सेवामा अनेकौं प्रयास (SHIN, Nepal) धनगढीले स्वास्थ्य सामग्री वितरण गरेको छ । संस्थाद्वारा संचालित कोभिड – १९...

एमाले नेता रावत बेपत्ता
एमाले नेता रावत बेपत्ता
  • २०७७ फाल्गुन २

धनगढी: नेकपा एमाले अछामका जिल्ला कमिटी सदस्य धन बहादुर रावत बेपत्ता भएका छन्। असोज ४ गते रामारोशन गाउँपालिका -७ सुतारमा...

TOP